संरक्षणको अभावमा प्याराताल

केशब भट्ट, कञ्चनपुर- नेपाल प्राकृतिक सौन्दर्यता तथा जलस्रोतले भरिपूर्ण देश हो। यहाँका नदिनाला, तालतैलया तथा झरनाहरुले फरकै किसीमको रमाइलोपन महसुस गराउन्छ । पछिल्लो समयमा यस्ता प्राकृतिक सम्पदा संरक्षणको अभावले जिर्ण बन्दै गएका छन। कञ्चनपुरको पुनर्वास क्षेत्रमा पर्ने नेपाल भारत सिमा नजिक रहेको प्यारातालको दक्षिणी क्षेत्रमा भारतको दुधुवा नेशनल पार्क रहेको छ भने अन्य तिनतिर नेपाली भूमि छ। लगभग ४ किलोमिटर लम्बाइ, १ सय मिटर चौडाई रहेको प्याराताल अहिले संरक्षणको अभावमा जिर्ण बन्दै गएको हो।

तालको आफ्नै बिशेषता रहेको यहाँका स्थानीय बताउन्छन्। उक्त तालमा बिभिन्न प्रचातिका माछा पाइने स्थानियबासी तथा पत्रकार दिपेन्द्र बस्नेत बताउन्छन् । पत्रकार बस्नेतका अनुसार विं।स।२०४६÷०४७ सालमा नेपाली पक्षबाट तालको संरक्षण तथा माछा मार्ने ठेक्का दिइने गरेको थियो । २०४७ सालपछि भारतले प्याराताल भारतमा पर्ने भन्दै जिकिर गरेपछि त्यसयता दुवै देशले माछा मार्ने ठेक्का दिएका थिए। अहिले विवादका रुपमा रहेको उक्त प्याराताल जिर्ण बन्दै गएको छ ।

२०७२ सालमा राष्ट्रिय योजना आयोगको १० लाख बजेटले पिकनिक स्पोर्ट र तारजाली निर्माण भएको थियो । त्यसयता तालको संरक्षणमा कुनैपनि योजना नभएको पत्रकार बस्नेतले बताए । दैनिक रुपमा १ क्विन्टल माछा मारिने उक्त तालमा अहिले संरक्षणको अभावमा व्यवस्थित नहुँदा कुनैपनि क्रियाकलाप हुने नगरेको उनले बताए । उनले प्यारातालमा १५ किलोग्रामसम्मका माछा पाइने गरेको बताए । “पहिले भारतबाट माछा मार्नका लागि सिकारी आउने गर्थे”, पत्रकार बस्नेतले भने, “अहिले सिमा विवादका कारण कुनैपनि देशले यसको संरक्षण तथा व्यवस्थापनदेखि कुनैपनि क्रियाकलाप नगरेको हुनसक्छ।”
भारतले प्याराताल आफ्नो भूमिमा पर्ने भन्दै जिकिर गरिरहेकाले प्यारातालको व्यवस्थापनमा अन्यौलता भएको पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवनराज थापा बताउन्छन् । भारतले दावी गरिरहेको प्यारातालमा राज्यबाट सिमा विवाद समाधान नहुँदा तत्काल योजना नहालेको उनले बताए। उनले २०७५ सालमा नेपाल भारत सिमामा तारवार लगाउने क्रममा भारतले अवरोध गरेकोल सिमा विवाद समाधान भएमा नगरपालिकाले तालको व्यवस्थापन हुने बताए।

“प्याराताल मात्र नभइ नगरपालिकाको क्षेत्रसंग नेपालभारत सिमा क्षेत्रमा तारवार लगाउने योजना थियो तर सिमा विवादका कारण रोकिएको हो।”, नगरप्रमुख थापाले भने, “सिमा क्षेत्रमा तारवार लगाइपछि अन्य अपराधिक क्रियाकलाप पनि कमी आउने थियो, भारतले सिमा विवाद ल्याएर त्यस स्थानमा बजेट विजियोजन गर्न समेत समस्या भएको छ।”नगरप्रमुख थापाले यस आर्थीक बर्षमा प्यारातालमा माछा मार्नका लागि ६० हजारमा ठेक्का दिइएको बताए। राज्यले सिमा विवाद समाधान गरेपछि तालको व्यवस्थापन गर्न सहज हुने नगरप्रमुख थापाले बताए।