गजुरमुखि जेभिकाे चरम लापरबाही दुर्घटना निम्त्याउने सम्भावना बढ्दै

फाल्गुन १ शनिबार,रबिन्द्र बराल/माेरङ र झापा जाेडने सडकको निर्माणकार्य सन्चालन भए संगै ठुला कन्ट्रक्सन ले सडक फराकिलो पार्ने का लागि साविक सडक लाई दाँयाबाँया मा उक्त कम्पनी ले पुरानो माटाे लाई हटाएर नयाँ माटाे हाल्नका लागि उक्त ठाउँमा अहिले तीन फिट गहिराे बनाएर छाडेकाे छ । एक महिना दिन बितिसक्दा समेत उक्त ठाउँ हरु मा समयमै नयाँ माटाे नहाल्दा घुमाैराे तथा साघुराे भएको साे सडकमा दुर्घटना निम्तियाउने सम्भावना बडदै जाँदा समेत ठेक्क्दार कम्पनी हरुले कुनै चासाे नदेखिएको स्थानीय ले बताए ।

अहिले गजुर मुखि ले हुलाकी सडक काे बनाउने क्रममा सुनवर्सि नगरपालिका, धनपालथान गाउँ पालिका र रतुवामाई नगरपालि भित्र काे सडक निर्माणकार्य गरिरहेता पनि साे कम्पनीको लापरबाही का कारण ले दुर्घटना काे उच्च जाेखिम बनाएर छाडेको छ । एक महिन अगाडि समेत सुनवर्सिकाे भेडुवाथान नजिकै बिराटनगर काे स्कुल बस सडक काे दायाँबायाँ बनाएकाे खाल्डो मा समेत पल्टिँदा १२ जना बिधार्थि समेत घाइते भएका थिए । यसरी दुर्घटना निम्त्याउने सम्धित ठेक्केदार कम्पनी लाई समयमै कार्वाही नगरे साे ठाउँमा ठुलो दुर्घटना हुन सक्ने देखिन्छ उक्त बिषयमा सम्धित निकाले समयमै ध्यान दिन जरुरी छ ।