संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति हो : देउवा

काठमाडाैँ, ७ फागुन ।प्रजातन्त्रकाे दिवसकाे अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतकाे स्मरण गर्दै शुभकामना दिनुभएकाे छ । उहाँले फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनकाे रूपमा स्मरण गर्नुभएकाे छ ।

‘७० बर्ष अघि २००७ को कात्र्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो,’ एक विज्ञप्ती जारी गर्दै देउवाले भन्नुभयाे, ‘राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग¥यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो ।’

समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै रहेकाे उहाँकाे भनाइ छ । यस अवसरमा उहाँले सहिदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति श्रद्धा र सम्मान समेत व्यक्त गर्नुभएकाे छ ।  साथै संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले विशेष उर्जा प्रदान गर्नेमा समेत उहाँले विश्वास लिएको बताउनुभएकाे छ ।