चीनसँग नेपालले १५ प्रकारका मेडिकल सामग्री माग्दै : एन ९५ मास्कदेखि एम्बुलेन्ससम्म

काठमाडौं – कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि नेपालले चीनसँग विभिन्न मेडिकल सामग्री माग गरेको छ ।

कोरोना भाइरसको संक्रमण हुन नदिन ‘के सहयोग गरौँ’ भन्दै चीन सरकारले नेपाललाई सोधेको थियो। साथै आवश्यक पर्ने वस्तुहरुको सूची तयार पारेर दिन पनि चीनले नेपाललाई भनेको थियो।

नेपालले चीन सरकारसँग विभिन्न १५ मेडिकल सामग्री माग गरेको छ। जसमा एन ९५ मास्कदेखि एम्बुलेन्ससम्मका विभिन्न सामग्री छन्। यी सबै १५ मेडिकल आइटमको सूची

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको हो।

मन्त्रालयले एन ९५ मास्क र पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई ) २०÷२० हजार थान माग गरेको छ। यस्तै, पोर्टेवल भेन्टिलेटर एक सय वटा, मोनिटर २ हजार, एबीजी मेसिन २० वटा, भाइरल डिटेक्टिङ पीसीआर मेसिन २०, अक्सिजन प्लान्ट ५ वटा माग गरेको छ।

रिएजेन्ट फर कोरोना भाइरस आईडेन्टीफिकेसन १० हजार, इन्टुव्याटिङ सेट २ हजार, इन्फेक्सन डिजिज मोबाइल एम्बुलेन्स ७ वटा, सीआरआरटी मेसिन ३०, पीसीआर किट्स २० हजार, थर्मल थर्मोमिटर १ हजार, थर्मल स्क्यानर १० र मोबाइल एम्बुलेन्स ( मेडिकल सुविधा सहितको ) ५ वटा माग गरेको छ।

स्वास्थ्य मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत यी मेडिकल सामग्र्रीको लिस्ट चीन पठाएको छ।