बाँस्कोटाको ठोकुवाः एक–दुई–तीन संसद पुनःस्थापना हुँदैन, सूर्य चिन्ह पनि ओलीकै हुन्छ

काठमाडौं । नेकपा ओली समूहका नेता गोकुल बाँस्कोटाले कुनै पनि हालतमा सर्वोच्च अदालतले संसद पुनःस्थापना नगर्ने ठोकुवा गरेका छन् । अरुले अदालतमा विचाराधिन मुद्दालाई बोलेर लेखेर प्रभावितपर्ने हो भने मैले पनि बोलें भन्दै उनले उक्त ठोकुवा गरेका हुन् ।

बाँस्कोटाले सूर्य चिन्ह पनि ओली कै हुने दाबी गरेका छन् । उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखे ल ! एक–दुई–तीन  संसद पुनःस्थापना हुदैन् । चुनावपछि नयाँ संसद बन्छ । साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ । किनभने वस्तुगत सत्यबाहेक बाँकी सबै भ्रम हुन् । प्रतिक्रिया त जे लाग्छ सो देऊ न ।

संसद विघटनसम्वन्धी मुद्दाको फैसला गर्ने दिन नजिकिँदै गएको बेला प्रधानमन्त्री केपी ओलीको अति नै विश्वासपात्र बाँस्कोटाले यस्तो दाबी गरेका हुन् । सोमबार मात्रै प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाले प्रधानसेनापति पूर्णचन्द्र थापासँग अर्थपूर्ण भेटघाट गरेका थिए ।