ओलीले किरा फट्याङ्ग्रा चिन्हबाट आगामी चुनाव लड्छन् : नेतृ झाँक्री

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले किरा फट्याङ्ग्रा चिन्हबाट आगामी चुनाव लड्ने टिप्पणी गरेकी छिन् । बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन् ।

केपी ओलीले जुनसुकै चिन्हबाट चुनाव लड्ने भन्दै उनको चिन्ता नगरी वैधानिकता विवाद चाँडो टुंग्याउन झाँक्रीले आयोगसँग आग्रह गरिन् । बहुमत केन्द्रीय सदस्यहरु आफूहरुसँगै रहेकाले पार्टीको आधिकारीकता आफूहरुले नै पाउनुपर्ने उनको तर्क छ ।

आत्मघाती गोल गरेर प्रधानमन्त्री ओली पराजित भइसकेको भन्दै उनले ओलीसँग थप गोल गर्ने समय बाँकी नरहेको समेत प्रतिक्रिया दिइन् ।

पार्टी विभाजनका खलपात्र राखेर कम्युनिस्ट पार्टी नबन्ने भन्दै झाँक्रीले अबको पार्टीमा केपी ओली, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझीहरु नहुने जिकिर गरिन् ।