रंगेलीका महिला जनप्रतिनिधिहरुलाई तालिम

फाल्गुन १८ मंगलबार,रबिन्द्र/माेरङकाे रंगेली नगरपालिका काे स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास गर्ने उदेश्य ले चार दिने तालिम सुरु भएको छ। निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु हाे । स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरिएको छ ।

तालिम रंगेली मा रहेको मेलिना गेष्ट हाउसमा उक्त तालिम काे आयोजना गरिएको छ । साे कार्यक्रम दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा माेरङकाे ६ पालिका काे रंगेली ,बेलबारी, कटहरी, ग्रामथान,केराबारी र लेटाङमा साे तालिम काे आयोजना गरिएको दलित महिला केन्द्र नेपाल का प्रशिक्षक उमेश बिक ले बताए । रंगेली नगरपालिकामा निर्वाचित २१ जना महिला जनप्रतिनिधि हरुलाई तालिममा सहभागी रहेको छन

कार्यक्रम काे उद्घाटन मा रंगेली नगरपालिका का मेयर दिलिप बगडियाले मैनबत्ति बालेर उद्घाटन समेत गरेका थिए । उनलेे भने हरेक तालिममा भत्ता काे लाेभमा गर्ने र भत्ता पाउने थाहा पाएपछि टाठा बाठा लेे मात्रै तालिम बारम्बार लिदै आईरहेकाे तर तालिम पछि त्यस काे सदुपयोग नगर्ने गरेको समेत बताए । यसरी महिला जनप्रतिनिधि हरु लाई तालिम काे आयाेजना गरेकाे मा आयाेजक लाई धन्यवाद समेत दिएका छन । उनलेे भने तालिममा क्षमता बिकास नगरी नेतृत्व गर्न नसकिने भएकाले ब्यक्तिगत क्षमता वृद्धि, अध्ययनले मात्र सफल नेतृत्व संभव हुने र असल गुणहरुको बिकास गर्न तालिमहरुले महत्वपुर्ण भुमिका निर्बाह गर्न आवश्यक रहेको समेत बताए । तालिमलाई एनजिओ फेडेरेसन नेपालका सचिब उमेश बिश्वकर्मा र स्वस्तिका पोख्रेल र निलम ढुङ्गगाना ले सहजिकरण गरेका थिए ।