प्रचण्डले भने : ‘अब दुई/चार वर्ष काठमाडौंभन्दा बाहिर बस्ने सोच बनाएको छु’

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताको बीचमा बस्न चाहेको स्पष्ट पारेका छन् । बिहीबार पेरिसडाँडामा स्वास्थ्यकर्मी संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दुई/चार वर्ष आफू जनताका बीचमा बस्न चाहेको बताए । सम्बोधनको क्रममा उनले भने,‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई÷चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु ।’