एसपी अधिकारीको निर्देशनमा धमाधम अबैध मालसामान पक्राउ गरि भन्सार पठाइदै

रबिन्द्र यादव / नवलपरासी पश्चिम८ चैत,नवलपरासी पश्चिम सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटर सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले तस्कर विरुद्ध खरो उत्रिएका छ्न। तस्करहरुको बिगबिगी बढेको सूचना पाए लगतै एसपी अधिकारी सिमा तिर निगरानी बढाएको बुझिएको छ। त्यस्तै जिल्ला मातहत रहेको बि.ओ.पि इन्चार्जहरुलाइ तस्कर विरुद्ध खरो उत्रिन गणपति अधिकारीले निर्देशन समेत दिएका छ्न। एसपी अधिकारीको बिशेष निर्देशनमा जिल्लाको विभिन्न ठाउँ बाट ५ लाख २८ हजार ७ सय मूल्य बराबरको अबैध मालसामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल मातहत स.प्र.बल नेपाल बि.ओ.पि. गुठिप्रसौनी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सेमरीबाट र प्रतापपुर गाँउपालिका-६ हरपुर र बर्दघाट नगरपालिका-४ चिसापानी ईलाकाहरुमा खटिई गएको मोवाईल गस्ति टोलिले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थामा विशेष सुराकीको आधारमा अन्दाजी मुल्य रु ५,२८,७००।- (पाँच लाख अठ्ठाईस हजार सात सय मात्र) बराबरको लत्ता कपडा टप्स-५४ पिस, कुर्ता सुरुवाल १५ पिस, फाईवर डसना १० पिस¸थानको कपडा -४ रोल (५६० मि.), लेडिज कुर्था सुरुवाल-९६ पिस बरामद गरी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी सूचना आधिकारी माधव रेग्मीले बताए ।