विद्यालयलाई आवश्यक सामाग्री सहयोग

चैत १० मंगलबार/रबिन्द्र बराल,मोरङको कटहरी गाउपालिका–४ स्थित श्री आधारभुुत विद्यालय खैरवनालाई गाउपालिकाले नया भवन निमार्ण सहित विभिन्न संघसंस्थाहरुले विद्यालयलाई चाहिने आवश्यक भौतिक सामाग्री हस्तान्तरण गरेका छन । कटहरी गाउपालिकाले विद्यालय परिसरमा दुुइकोठे पक्कि भवन निमार्णगरि हस्तान्तरण गरेको छ । १८ लाख रुपैयाको लागतमा निमार्ण भएको सो भवनको गाउपालिकाका अध्यक्ष रामकुुमार कामतले उद्घाटन गरेका थिए । विराटनगर प्राइम राउण्ड टेवल न १० ले सो विद्यालयलाई ६६ थान डेक्सवेन्च हस्तान्तरण गरेको छ । मोरङ व्यापारसंघका अध्यक्ष प्रकास मुुदंडाले साढे तिनलाख वरावरको सो फनिर्चर समाग्री विद्यालयका प्रधानाध्यापक वलवहादुुर वस्नेतलाई हस्तान्तरण गरेका थिए । स्थानिय समाजसेवी विद्यानन्द माझीले आफना वुुवा आमा वद्रिनारायण माझी र सहरीदेवी माझीको स्मृतिमा जेहन्दार बिधार्थि हरु का
लागी अक्षयकोष समेत स्थापना गरेका छन । १ लाख ५१ हजार वरावरको सो कोषवाट वार्षिक रुपमा विद्यालयका जेहेन्दार बिधार्थि हरु लाई पुुरस्कृत गरिने प्रधानाध्यापक वस्नेतले बताए ।

कार्यक्रममा वोल्दै गाउपालिका अध्यक्ष रामकुुमार कामतले छोराछोरीमा भेदभाव नगरि निरन्तर विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गर्नुुभयो । मोरङ व्यापारसंघका अध्यक्ष प्रकास मुुदंडाले गरिव तथा दलित विद्र्याथी अध्यनरत यस विद्यालयलाई राउण्ड टेवलले निरन्तर सहयोग गर्दै आएको वताउनुुभयो । विद्यालयका प्रधानाध्यापक वलवहादुुर वस्नेतले दरवन्दि अनुुसार सिक्षक नहुुदा अध्यन अध्यापनमा समस्या हुुने गरेको भन्दै त्यसतर्फ गाउपालिकाको ध्यान जानुुपर्ने वताउनुुभयो ।
कार्यक्रममा राउण्ड टेवलका अध्यक्ष अमित सारडा समाजसेवी विद्यानन्द माझी तथा राधे कामतले विद्यालयको सैक्षिक प्रगतीका लागी सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।
वालकक्षा देखी कक्षा ८ सम्म पढाई हुुने सो विद्यालयमा २ सय ४५ दलित विद्र्याथी सहित करिव ५ सय विद्र्याथी अध्यनरत छन ।