सरकारी निकायकाे कमजोरीका कारण रामबहादुर चिन्तित

चैत्र १८ बुधबार/रबिन्द्र बराल,मोरङको रंगेली नगरपालिका ८ साझा टाेल मा बसाेवास गर्दे आईरहेका रामबहादुर बस्नेत रंगेली अस्पताल का कर्मचारी हुन उनी २०३८ साल देखि कार्यलय सहयोगी पदमा काम गर्दे आईरहेका छन । अहिले उनी सरकारी निकायकाे काम का कारण समस्यामा परेका छन । निजामति कितावखानासँग रहेका कागजातमा जन्ममिति फरक पर्दा उनी थप समस्या मा परेका छन । रामबहादुर काे नागरिकतामा र अन्य कागजातमा जन्ममिति फरक परेको छ ।

उनको नागरिक लगानी कोष, रंगेली अस्पताल र निजामति कितावखानाको अभिलेखमा बस्नेतको जन्ममिति २०२० असार ३० गते रहेको छ । तर नागरिकतामा २०३५ असार ३० गते १८ वर्ष पुरा भएको उल्लेख छ । नागरिकताको मिति अनुसार उनी २०१७ सालमा जन्मिएको ठहर्छ । सोही अनुसार २०७५ साल असार ३० गते नै सेवा निवृत भइसक्नु पर्ने हो । तर, बस्नेत अबकास हुनुपर्ने मिति भन्दा २९ महिना पछि सम्म सरकारी सेवा सुबिधा लिएर जागीर खाइराखेका थिए । अहिले आफूले खाएको ३३ महिनाको तलब भत्ता र २ वर्षको दशैंखर्च राज्यलाई फर्काउनु पर्ने भए पछि चिन्तित बनेका छन । नागरिक लगानी कोष , निमामति कितावखाना र रङ्गेली अस्पतालले जारी गरेको परिचयपत्रमा भएको जन्ममितिका आधारमा आफूले काम गरिरहेको बस्नेत ले बताए । २०७२ साउन ६ गते रङ्गेली अस्पतालका मेसु डाक्टर बिधान चन्द्र झाले निजामति किताबखानालाई बस्नेतको अनिवार्य अबकासका गर्ने विषयमा पत्राचार समेत गरेकाे थिए । ५ वर्ष अघि पठाएको पत्रको जवाफ नआएपछि बस्नेत ले अस्पतालमा काम गरिरहेका थिए ।

२०७७ चैत १० गते निजामति किताबखानाले रङ्गेली अस्पताललाई पत्राचार गर्दै निजामति सेवा नियमावलि२०५० को बाह्रौं संसोधनको नियम १२९ क (४) अनुसार २०७५ असार ३० गते देखि हाल सम्म बस्नेतले उपभोग गरेको तलब भत्ता,बीमा थप,चाडपर्व खर्च, पोशाक भत्ता,कर्मचारी सञ्चय कोष थप,महँगी भत्ता, स्थानीय विशेष भत्ताका सुबिधाहरू एकिन गरी हुन आउने रकम नगदै सरकारी कोषमा जम्मा गरी भौचर पठाउन भने को रामबहादुर ले बताए । उनले मासिक तलब मात्र ३४ हजार ३७५ बुझ्दै आएको थिए । तलब र सबै सुबिधाको रकम बुझाउँदा ११ लाख रुपैयाँ हुन्छ । अनिवार्य अबकासको पत्र नपठाउँदा निजामति कितावखानाले जवाफ नपठाएकोले आफू नियमित काममा गर्दे गरेको उनले बताए । रंगेली नगरपालिकाका लेखा अधिकृत रुपा सुनुवारले निजामति कितावखानाको गल्तीले समस्या सिर्जना भएको उनलेे बताईन । तर, सरकारी कोषबाट तलब खाने जुनसुकै कर्मचारीले आफ्नो अबकासका विषयमा जानकारी राख्नुपर्ने उनको भनाई रहेको छ । उनले भनिन् ‘हामीले अस्पतालमा भएका स्थायी कर्मचारीलाई बिभागबाट पठाएको तलब खुवाउने मात्र हो । हामीलाई कर्मचारीको विस्तृत विवरण थाहा नहुने उनलेे बताईन ।