ससस्त्र प्रहरीद्वारा १६ लाख रुपैयाँ बराबरको सामान बरामद

चैत्र २१ शनिबार/रबिन्द्र बराल,माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ६ आमगाछि स्थित घनापट्टि बाट ससस्त्र प्रहरी बिआेपि रंगेली काे गस्ती टाेलीले चेकजाँच गर्ने क्रममा बेलवारी ५ बस्ने भरत साह ले आफ्नो किराना पसल काे लागि लैजादै गरेकाे गाडि सहित सामन बरामद गर्न सफल भएको छ।

भारत बाट अबैध रुपमा नेपाल भित्र्याउने लागेको अवस्थामा काे १ ख ४४०० नम्बरको मिनि ट्रक भित्र भुषा भित्र लुकाई छिपाई ल्याउदै गरेको १२ बाेरा चिनि, २ बाेरा चामल २ बाेरा गहुँ १३ बाेरा ब्रान्ड र भुष्षा ६४ बाेर सहित अन्दाजी १६ लाख रुपैयाँ बराबरको उक्त समान बरामद गरिएको छ । पछिले समयमा सिमाबर्ति क्षेत्रमा प्रहरीले निगरानी बडाउन थाले पछि तस्कर हरुले विभिन्न जुक्ति लगाएर समान ल्याउन थालेका छन । साे सामान बिराटनगर भन्सार कार्यलय मा बुझाईने ससस्त्र प्रहरी विअाेपि रंगेली का प्रहरी निरिक्षक कमल बहादुर अधिकारी ले बताए ।