१३औँ राष्ट्रियपति खेलकुदकाे उपाधि माउन्ट मकालुले उचाल्यौ

चैत्र २७ शुक्रबार/रबिन्द्र बराल,रंगेली नगरपालिकाले १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेल सम्पन्न गरेको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल सम्पन्न भएको हो । नगर स्तरीय साे खेल चैत्र २५ गतेदेखि २७ गतेसम्म आयाेजना गरेको थियोे । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र निजि बिद्यालयलाई समावेश गरि १७ विद्यालयबाट बिधार्थि हरु उक्त खेलमा सहभागी रहेको थिए । खेलमा कक्षा ९ देखि १२ सम्मका छात्र, छात्राहरुको उपस्थिति रहेको थियो । सो खेलम माउन्ट मकालु बोडिङ ईङ्लिस स्कुल ले ८ संवरण, ३ रजत र २कास्य गरि १३ पद हात पार्दे ३२अंक ल्याएर प्रथम हुन काे सफल भएको छ । दाेस्राे मा पव्लिक उच्च माध्यमिक बिधालय ले ३ संवरण,४ रजत र ८ कास्य गरि १५ पद हात पारेकाे थियो । भने तृतीय मा महालक्ष्मी माध्यमिक बिधालय दर्वेशा ले ३ स्वर्ण, ३ रजत र ५ कास्य गरि ११ पद हासिल गरेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नगरपालिका उपमेयर केशव कुमारी खराल बिष्ट अतिथि प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदी अतिथि हरु शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, वडा अध्यक्ष रामचन्द्र मंडल, घन्श्याम पनेरु, महेश कुमार साह, स्थानीय बुद्धिजीवी सुरेश मिश्र, लगायत पुरस्कार बितरण गरेका थिए । खेलमा प्रथम हुने लाई ११ हजार द्वितीय ७ हजार रुपैयाँ र तृतीय हुनेलाई ५ हजार रुपैयाँ सहित सिल्ड र प्रमाणपत्र बितरण समेत गरेका थिए ।प्रतियोगितामा दौड, कवडि, भलिबल, सटफुट, हाईजम्प लगायतका खेलहरु भएको थियो। समापन कार्यक्रममा मकालु टेलिभिजन का दिलिप अग्रवाल र एभिन्युज टेलिभिजन का माेरङ सम्मदाता लाई मायाँकाे चिनाे समेत हस्तान्तरण गरिएको थियोे । कार्यपालिका सदस्य शंकर प्रसाद साह काे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे । सम्पुर्ण खेल जनता क्याम्पसको खेल मैदानमा भएको हो ।