खर्भुजा खेतीमा डढेलाे राेगका कारण फल बिग्रिए पछि कृषक चिन्तित

बैशाख २ बिहीबार/रबिन्द्र बराल,तराई क्षेत्रमा चैत्र महिना देखि असार महिना सम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समय अनुसार मानिस हरुलाई गर्मी बाट केही मात्रामा चिसाेकाे काे अनुभुती कम गर्नेका लागि गर्मी माैसम मा बालु खेती मा फल्ने खर्भुजाकाे बिक्री बडिहुने गरेको पाईएकाे छ । रंगेली नगरपालिका बडा नम्बर ४ मा बसाेबास गर्दे आएका सिधना मंण्डल ले अहिले बिगत ४ बिधामा बर्षदेखी बक्राह र चिस्याङ खाेलाकाे बगरमा खर्भुजाकाे खेती गर्दे आएका छन । पुस महिना देखि जेठ महिना सम्म काे खेत ठेक्का लिएर खर्भुजा खेति गरेका छन ।

मंण्डल का अनुसार एक बिघा खेतमा डेढ किलाे खर्भुजाकाे बीउ लाग्ने गरेकाे र उक्त बीउ काे बजार मूल्य प्रति केजि २० हजार रुपैयाँ पर्ने बताए । साे तर्भुजा खेती बालु खेती मा मात्रै हुने भएको ले यसमा अत्यधिक मात्रामा मेहनत लाग्ने गरेकाे र लगानी समेत बडि लाग्ने गरेको उनलेे बताए । एक बिघा मा युरिया २० बाेरा,डिएपि १५ बाेरा , सात ट्याक्टर गाईकाे गाेवर गरि १ लाख देखि डेढ लाख रुपैयाँ सम्म खर्च हुने गरेको छ । एउटा बिरुवा मा पाँच वटा मात्रै फल्ने गरेको र कुनै मा एउटा पनि न फल्ने गरेको अनुभव सुनाए । याे बर्ष गर्मी केही मात्रामा भएको हुनाले आफुलाई घाटा लाग्ने हाे कि भन्ने चिन्तित अवस्थामा रहेका छन । बिगत बर्षमा गर्मी बडि भएको कारण आफुलाई ४ लाख रुपैया आम्दानी भएको समेत बताए । केही साता आगाडी असिना पानी आएर धेरै खरभुजा फुटेकाे र त्यस पछि उक्त बिरुवामा डढेलाे राेग काे प्रकाेप का कारण सबै बिरुवा सुक्दै गएकाे र फल समेत कुहिन थालेको कृषक सिघना मंण्डल ले बताए ।

यस बर्ष २० कुईटल उत्पादन हुने अनुमान गरेता पनि राेग का कारण आफ्नाे लगानी समेत डुुुुवने हाे कि भन्दै चिन्तति भएका छन । गत बर्ष पनि काेराेना भाईरस का कारण धेरै खरभुजा खेत मै कुहिएको र यस बर्ष भने राेग लागेर धेरै नष्ट हुने उनलेे बताए । उनले बलाैटे खेतमा कांक्रा , फर्सि, लाैका ,करेला समेत फलाउन सफल भएका छन । एउटा तर्भुजा ५० रुपैयाँ देखि १ सय रुपैयाँ सम्ममा बिक्रीवितरण गर्ने गरेकाे उनलेे बताए । उत्पादन गरेकाे खर्भुजा तथा साग सव्जि बिक्रीवितरण का लागि रंगेली दाेमहाना, कर्सिया,बिराटनगर ,ईटहरी ,दुहबी , धरान लगायत का बजारमा बिक्रीवितरण का लागि लाैजाने गरेको समेत बताए ।