हिन्दु धर्म अनुसार कुन राशिको ब्यक्तिलाई कुन रंग शुभ मानिन्छ ?

हिन्दु धर्म अनुसार राशिलाई ध्यानमा राखेर काम गर्दा फाइदा पुग्छ । राशीअनुसार काम, भाेजन, लुगा लगायत अन्य सवै विषयलाई ध्यान दिन जरूरी छ ।

यस्तो गरिएमा जीवन फलदायी र खुशी साथ बित्ने ज्योतिष शास्त्र र वास्तु शास्त्रको दाबी छ । आज हामी कुन राशीका मानिसले कस्तो रंगको प्रयोग गर्दा फाइदा हुन्छ भन्ने जानकारी दिदैंछाैं ।

राशिको आधारमा रंगको चयन:मेष – रातो (Red),बृष – सेतो (White),मिथुन – हरियो (Green),कर्कट – क्रीम (Cream),सिंह रातो (Red),कन्या – हरियो (Green),तुला – सेतो (White),बृश्चिक – रातो (Red),धनु – पहेलो (Yellow),मकर – कालो (Black), खैरो(Brown), क्रीम (Cream),कुम्भ – कालो (Black), खैरो(Brown), क्रीम (Cream),मीन – पहेलो (Yellow)

यो पनि पढ्नुहोस् :श्रीमदभागवत गिताको रोचक अध्याय !!!:दशौं अध्यायसम्म आईपुग्दा अर्जुनलाई भगवान् श्रीकृष्णले के गर्ने र के नगर्ने भन्न बारेमा बताउनुका साथै आफू को हूँ र आफूले भनेका कुरा सबैले किन मान्नुपर्छ भन्ने बारेमा बताइसक्नुभयो । भगवानको रुपमा अर्जुनले श्रीकृष्णलाई चिनिसके । तर पनि उनको बुझ्ने उत्सुकतामा कमी आएको छैन । ज्ञानी मानिसको लक्षण भएका अर्जुन ज्ञान लिन किन कन्जुस्याँई गर्थे र ?

अब यो अध्यायमा आइपुग्दा भगवानलाई चिनेको ज्ञानलाई उनी विज्ञानमा परिवर्तन गर्न चाहन्छन् । अर्थात् उनी भगवानलाई महसुस गर्न चाहन्छन् हेर्न चाहन्छन् । श्रीमदभगवद्गीताको यो अध्यायलाई विराटस्वरुप अध्याय पनि भनिन्छ ।

किनभने यो अध्यायमा भगवान् श्रीकृष्ण आफ्नो विराटरुप अर्जुनलाई देखाउनुहुन्छ । यो अध्यायमा दिव्य दृष्टी छ, दिव्य रुप छ, विराट रुप छ, निवेदन छ, स्तुति छ र कृपाको आश्वासन छ । यति धेरै तत्वको उपस्थिति भएको यो पचपन्न श्लोकको अध्यायमा श्रीकृष्ण धेरै बोल्नुहुन्न किनकी दशौँ अध्यायमा उहाँले बोलेका कुरा देखाउने अध्याय हो यो ।

भगवान् पुरै अध्याय भरी जम्मा चौध श्लोक बोल्नुहुन्छ भने केही जिज्ञासा, धेरै भक्ति, कतै डर र स्तुतीको रुपमा तेत्तीस श्लोक बोल्दै अर्जुन आफ्नो भगवानप्रतिको भक्तिभाव देखाउँछन् ।

श्रीमद्भगवद्गीताका अठार अध्यायमा अर्जुन सबैभन्दा धेरै श्लोक बोलेको अध्याय पनि यही हो । तर यस अध्यायमा प्रश्नका रुपमा अर्जुन थोरै बोल्छन्, ज्ञान र स्तुतिका रुपमा धेरै बोल्छन् । दोस्रो अध्यायपछि नबोलेका सञ्जय यो अध्यायका छ श्लोक मार्फत् भगवानको विशाल, विराट र अद्भुत रुपको धृतराष्ट्रका सामु वर्णन गर्छन् ।

यो अध्याय दिव्य नेत्र भएका मानिसहरुका लागि हो तसर्थ यो अध्याय पढ्न र बुझ्न पनि दिव्य स्वभावको आवश्यकता पर्छ ।पचपन्न श्लोकको यो अध्यायलाई आठ भागमा बाँड्न सकिन्छ । अर्जुनले जब भगवानका कुरा सुने उनलाई सुनेको कुरा देख्न मन लाग्यो । सुनेको र देखेको कुरामा फरक पर्छ ।

अर्जुन पनि भगवानबाट सुनेको कुरामा पूर्ण विश्वस्त भए, सुनेको कुराबाट भगवानलाई उनले चिने । तर एउटा भनाई नै छ कानलाई भन्दा आँखालाई विश्वास गर्नु । कहिलेकाँही सुनेको कुराबाट अर्कै खालको कल्पना गरिएको हुन सक्छ तर देखेको कुरा उही नै आँखामा तस्वीर बनेर बस्छ ।

त्यसैले भगवानका बारेमा भगवान् स्वयंको मुखबाट सुनिसकेपछि पनि अर्जुन तृप्त हुन सकेनन् । उनको मनमा एकचोटी भगवानलाई उहाँले भनेकै रुपमा हेरौँ र अनुभव गरौँ भन्ने भाव पैदा भयो । त्यसैले उनले एकपटक भगवानको स्वरुप नै दर्शन गर्ने इच्छा प्रकट गरे । यही नै भक्तहरुको परिचय हो । उनीहरुको एक मात्र लक्ष्य भगवानसँगको साक्षात्कार नै हो ।

भगवानलाई अझ जान्नका लागि र कानले सुनेर बनाएको चित्रलाई मानसपटलमा ल्याउनका लागि अर्जुन भगवानसँग विन्ति गर्छन् । यो अध्यायको पहिलो भागमा पहिलो श्लोकदेखि चौँथो श्लोकसम्म उनी भन्छन्– हे प्रभु ! तपाईंले भनेको कुरामा मलाई कुनै शंका छैन । म पूर्ण रुपमा विश्वास गर्छु, तपाईंले जस्तो भन्नुभएको छ म त्यस्तै नै मान्छु ।

तपाईंले मौखिक रुपमा व्याख्या गर्दा नै तपाईंको चित्र मेरो मानसपटलमा आइसकेको छ । तपाईं कस्तो हुनुहोला भनेर मैले कल्पना गरिरहेको छु ।तर कहिलेकाँही कल्पना र यथार्थ नमिल्न पनि सक्छ । त्यसैले यदि यो शिष्य लायक छ भन्ने तपाईं ठान्नुहुन्छ भने मलाई तपाईंले अघि जस्तो रुप भन्नुभयो, जस्तो रुपको व्याख्या गर्नुभयो त्यो रुप एकचोटी दर्शन गर्ने अभिलाषा छ ।

के म त्यो रुप दर्शन गर्न लायक छु ? यहाँ अर्जुनको जुन शैली छ त्यसले विनम्रताको व्याख्या गर्छ । अर्जुनले सिधै मलाई तपाईंको रुप देखाउनुहोस् भनेर भनेका छैनन । उनले यदि भगवानले आफूलाई लायक ठान्नुहुन्छ भने मात्रै आफूलाई त्यो रुप दर्शन गराउनुहोस् भनेर आग्रह गर्छन् ।

उनले भगवानको रुप दर्शन गर्ने इच्छा त व्यक्त गर्छन् तर मलाई तपाईंको रुप देखाउनै पर्छ भन्दैनन । यसमा एउटा शिष्यको विनम्रता प्रस्तुत हुन्छ । अरुको अलौकिक गुण वा रुप हेर्न लायक हुनैपर्छ । शिक्षादेखि भिक्षाको लागिसमेत लायक नभई हुन्न भने यहाँ त दिव्य रुपको कुरा छ ।

अर्जुनको प्रार्थना पछि यो अध्यायको दोस्रो भाग अर्थात् पाँचौं श्लोकदेखि आठौं श्लोकमा भगवान् भन्नुहुन्छ– तिमी योग्य छौ अर्जुन । किनभने तिमी मेरो भक्त हौ, भक्तले यो रुप हेर्न योग्य छ, म तिमीलाई हजारौं आकार र रङ भएको मेरो दिव्य रुप देखाउँछु जुन पहिले कसैले देखेको थिएन । तर तिमीले जुन आँखा अहिले छ, त्यो आँखाले मेरो दिव्य रुप देख्न सक्दैनौं ।

यो विराट रुप हेर्न दिव्य दृष्टि चाहिन्छ । भगवानलाई अत्यन्तै नजिकबाट हेर्न र बुझ्नका लागि मानिसले भित्रको आँखा खोल्नुपर्छ, बाहिरको आँखाले दिँदैन, उपदेशको तात्पर्य यही हो । त्यसकारण भगवानले अर्जुनलाई पाँचौदेखि आठौं श्लोकसम्ममा यी आश्चर्यका कुराहरु दिव्य दृष्टिबाट हेर भनेर भन्नुहुन्छ । मानिसका साधारण बाहिरी आवरण बाहिरी आँखाले हेर्न सकिन्छ । तर मानिसका भित्री गुण हेर्न भित्री आँखा नै खोल्नुपर्छ भने भगवानको दिव्यरुप साधारण आँखाले हेर्नसक्ने त कुरै भएन ।

यहाँ भगवानले रुप भन्दा पनि आफ्नो योग र ऐश्वर्य हेर भन्ने शब्द प्रयोग गर्नुभएको छ । जुन साधारण मानिसले बाहिरी आवरणमा देख्दैनन् जहाँ योग हुन्छ त्यहाँ ऐश्वर्य हुन्छ । तसर्थ यो अध्यायमा भगवानलाई योगेश्वर भनिएको छ ।

यस भागको छैटौं श्लोकमा भगवान् अर्जुनलाई भन्नुहुन्छ, पश्यादित्यान्वसून्रुद्रानश्विनौ मरुतस्तथा ।बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत ।।यहाँ भएका आदित्यहरु, वसुहरु, रुद्रहरु, अश्विनीकुमारहरु र मरुतगणका विभिन्न रुपहरुलाई तिमी हेर । दशौं अध्यायमा भगवानका विभूतिका चर्चा गर्दा यी सबैको चर्चा भईसकेको छ ।

यहाँ फेरि भगवानले ती सबैलाई हेर भन्नुहुन्छ । फेरि तोकेरै माथिका रुद्र, वसु, आदित्य र अश्विनीकुमार भन्नुको अर्थ तेत्तीसकोटी देवताहरु भन्नु हो । साथै मरुतलगायत अरुदेवताहरु पनि हेर भन्नुहुन्छ । जब तेत्तीस कोटी देवता र अरु देवता त छन् भने अरु जगतको त के कुरा भयो र । अब ती सबै पनि तिमी हेर भनेर भगवान् अर्जुनलाई आफ्नो विराट, अलौकिक रुप देखाउनुहुन्छ ।

यो अध्यायको तेस्रो भाग अर्थात् नवौं श्लोकदेखि चौधौं श्लोकसम्ममा सञ्जय धृतराष्ट्रलाई भगवानको विराट स्वरुपका बारेमा वर्णन गर्छन् । कस्तो थियो त त्यो विराट स्वरुप ? त्यसका धेरैवटा मुखहरु थिए, धेरैवटा आँखाहरु थिए । भगवानको विश्वरुपले अलौकिक मालाहरु लगाएको थियो, उसका अनेक हातहरुमा दिव्य अश्त्रहरु थिए । भगवानका गलामा दिव्य मालाहरु थिए, शरीरमा दिव्य चन्दन लेप गरिएको थियो । त्यो रुपमा सम्पूर्ण कुराहरु दुर्लभ र दिव्य थिए । यसरी सञ्जयले भगवानको रुपको वर्णन गरे । अब फेरि भगवान् विराट स्वरुपको प्रकाशको वर्णन गर्छन् र भन्छन्,

दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता ।यदि भाः सदृशी सा स्याद्भासस्तस्य महात्मनः ।।विराट स्वरुपबाट आएको प्रकाश त आकाशमा हजार सूर्य एकैपटक उदाएको भन्दा पनि बढी छ ।  अब यो अध्यायको चौथो भाग विश्वरुप वर्णनको भाग हो । भगवानका बारेमा सुनेका अर्जुन भगवानलाई आफ्नो अगाडि प्रत्यक्ष देख्दा डराउँछन् र त्यो रुपको भक्तिपूर्ण वर्णन गर्न थाल्छन् ।

यति तेजोमय रुप देखेर म अत्यन्त डराइराखेको छु, तपाईंजस्तो त अरु कोही पनि छैन भनेर शरणमा पर्छन् । उनले भगवानको स्वरुपमा सम्पूर्ण ब्रम्हाण्ड अटाएको देख्छन् । पन्ध्रौं श्लोकदेखि एकतिसौं श्लोकसम्ममा अर्जुनले आदि, मध्य र अन्त्यरहित भगवान् हजुर भनेर भगवान् श्रीकृष्णको स्तुति गर्छन्, प्रार्थना गर्छन्, उनले जे देख्छन् यी सबै कुराहरुको बयान गर्छन् र भन्छन्– मैले आफूलाई सन्तुलनमै राख्न सकिन । उनी डराउँदै यतिसम्म भन्छन् कि मैले त यहाँ भएको सबै योद्धाहरु पनि हजुरको मुखमा प्रवेश गरेको देखिराखेको छु ।