लाईन्स क्लव रंगेलीद्वारा आमतोलामा स्वास्थ्य सामाग्री हस्तान्तरण

असार १ मंगलबार/रबिन्द्र बराल,माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ४ आमताेला स्थित सन्थाल टाेलमा बसाेवास गर्दे आईरहेका ७० घर धुरी लाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ । कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै लाईन्स क्लव रंगेली ले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हाे ।

पछिल्लो समयमा गरिव परिवारले आर्थिक अभाव कारण उनी हरु ले घरमा सर्जिकल माक्स समेत नै नलगाई बस्ने गरेको हुनाले उनी हरु लाई माक्स बितरण गरिएकाे संस्था का धर्मधाेज पाैडेल ले बताए । उक्त संस्थाले हात धुने साबुन, र सेनिटाईजर समेत बितरण गरिएको लाईन्स क्लव रंगेली का कमलेश्वार ठाकुरले बताए । स्वास्थ्य सामाग्री बितरणमा संस्था का धर्मधाेज पाैडेल, प्रमेश्वर मुर्मु , कमलेश मंण्डल , बिकास अधिकारी लगायतको सहभागीता रहेको थियोे ।