लकडाउनका कारण बिरुवा नष्ट किस्कु नर्सरी चिन्तित

असार १ मंगलबार/रबिन्द्र बराल,माेरङ रंगेली नगरपालिका ४ स्थित आमताेलामा रहेको किस्कु नर्सरीमा अहिले विभिन्न जात काे बिरुवा हरु नष्ट भएको छ । बिश्वब्यापी रुपमा काेराेना सङ्क्रमण बडदै गएपछि गत बर्ष ६ महिना काे लकडाउन र अहिले पुनः लकडाउन का कारण ले गर्दा उक्त नर्सरीमा बिक्रीवितरण का लागि उत्पादन गरिएको आँप, लिच्ची, अम्बक , मसला, कदम, टिक, मलेसियन सखुवा जस्ता विरुवाहरू तथा सिजन अनुसारका फुलहरू समेत गरि २० हजार विरुवा १ लाख रुपैयाँ बराबरको नष्ट भएको किस्कु नर्सरी का सन्चालक साेनेलाल किस्कु ले बताए । बर्षाे देखि सन्चालनमा गर्दे आएकाे नर्सरी बाट आफुहरु ले बार्षिक रुपमा ४ लाख देखि ६ लाख रुपैयाँ सम्म आम्दानी गर्दे आईरता पनि लकडाउनका कारण अहिले आफु हरु लाई आफ्नो मेहनत समेत उठाउन समस्या परेको साेनेलाल ले बताए ।

यसै बर्ष देखि रंगेली ७ संन्सारी मंन्दिर नजिकै मा समेत किस्कु नर्सरी ले बर्षिक रुपमा ६४ हजार रुपैयाँ तिरेर १४ कठ्ठा खेती भाडामा लिएर नर्सरी समेत सन्चालन गर्दे आईरहेकाे भएता पनि लकडाउनका कारण बिरुवा हरु बिक्रीवितरण नहुदा खेतकाे भाडा समेत तिर्न आफू लाई थप समस्या परेको समेत साेनेलाल ले बताए । लकडाउन का कारण ग्राहक हरु नआउदा आफू हरुले उत्पादन गरेको बिरुवा हरु नष्ट भएको र नष्ट भएको बिरुवा हरु खाल्डाेमा फाल्न बाध्य रहेको उनलेे बताए । साेहि व्यवसाय बाट आफुले ८ जनकाे परिवार पालनपोषण गर्दे आईरहेता पनि लकडाउन का कारण बिरुवा बिक्री नहुदा परिवार लाई पालनपोषण गर्ने समेत थप समस्या परेको उनलेे बताए । निर्वात रुपमा आवतजावत हुने समयमा उक्त नर्सरीमा बिरुवा खरिद गर्ने बिराटनगर ,कटहरी, डाईनियाँ, ईटहरा, रंगेली ,दर्वेशा, तथा सिमाबर्ति क्षेत्र बाट विभिन्न प्रकारका बिरुवा हरु खरिद गर्ने आउने गरेको बिश्वनाथ किस्कु ले बताए ।