नवलपरासीमा दस लाख बढि मूल्य बराबरको अवैध खसी बरामद

रबिन्द्र यादव/४ असार,नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ४ दरखासेमा नेपाल प्रहरीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको खसीहरु बरामद गरेको छ । बिहिवार दिउँसो डेढ बजेको समयमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ४६ वटा ल्याउदै गरेको खसीलाई सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

उक्त खसी मानिसले पैदल डोरीमा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखी सोही खसी छाडी मानिस भागेको प्रहरीले जनाएको छ । बरामद गरिएका खसीहरुलाई आवश्य कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।