हात्तीको फोटो खिच्न जाँदा मोरङमा युवकको मृत्यु

असार ४ शुक्रबार,रबिन्द्र बराल,माेरङकाे सुनवर्षि नगरपालिका ८ स्थित हर्चनगडी मा एक युवाकाे हात्तीको आक्रमण बाट मृत्युु भएको छ। कुडेली घर भएका २० बर्षका मनोहर मिया शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि उनी हात्तीको फाेटाे खिच्न गएकाे बेलामा उनलाई हात्ती ले उनलाई आक्रमण गरेर घाइते बनाएकाे रंगेली प्रहरी ले जनाएको छ ।

जंगली हात्ती भारत बाट नेपाल प्रवेश गरेर बिहानै रंगेली ५ स्थित आमगाछी हुदै सिक्टी क्षेत्रमा पुगेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्काले बताए । हात्तीको आक्रमण बाट घाइते भएका मनाेहर काे उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पताला मृत्युु भएको प्रहरीले जनाएको छ ।