२२ महिने सन्ध्याको शरिरमा पलाएको ट्युमर सल्यक्रिया गर्ने आर्थिक अभाव सहयोगको अपिल [फोटोफिचर]

असार ५ शनिबार/रबिन्द्र बराल,झापा काे गौरीगंज गाउँपालिका वडा नम्बर ३ स्थित ठेडीटोल चोक मा बसाेवास गर्दाे आएक एक परिवार लाई आफ्नो २२ महिने छाेरी काे उपचारका लागि आर्थिक अभाव काे कारण ले गर्दा समस्या मा परेका छन । छाेरी सन्ध्या काे शरिरमा जन्मेको समय देखि उनको ढाडमा पलाएकाे ट्युमर काे कारण अहिले दिनप्रतिदिन बडदै गए पछि थप समस्यमा परेका हुन ।

उनको शरीर पछाडी जन्म बितिकै सानाे भएको टुयुमर अहिले दिनप्रतिदिन बडन थालेपछि जीवन मरण को दोसाधमा छिन् । अरु काे घर भाडामा लिएर बस्दै आएका साे घर समेत भत्कीनै आटेको र परीवारको आर्थिक अवस्था अत्यन्तै दयनिय भए पछि उनी हरु झनै चिन्तित बन्दै गएका छन । जन्मने बितिकै वालिका को ढाडमा ट्युमर पलाएको र अहिले सो ट्युमर फुटेर टाउकोमा समेत पानी पुगेर जमेकाे हुनाले अहिले उनको उपचार तथा अप्रेसनका लागि विराटनगर स्थित नोवेल अस्पताल मा उपचार भईरहेकाे र उनले टुयुमर काे सल्यक्रिया भएको र टाउको काे सल्यक्रिया गर्ने केही समय लाग्ने उनका बुबा देवेन्द्र राई ले बताए ।

उनको उपचार मा १५ लाख रुपैयाँ भन्दा बडि खर्च हुने भएको ले आफू हरु संग आर्थिक अभाव भएको हुनाले देश विदेश मा रहने नेपाली हरु लाई सहयोग गरि छाेरी काे जीवन रक्षाकाे लागि अनुरोध समेत परिवार ले गरेका छन । अहिले उनी हरु काे घरमा समेत ५ जनाको परिवार रहेको र परिवार पालनपोषण का लागि उनिहरु ले भाडा काे घरमा सानो होटल समेत चलाउदै आएका छन । बिगत एक महिना देखि काे लकडाउन का कारण होटल समेत नचले काे र पाँच जना परिवार लाई समेत पालनपोषण गर्ने हम्मे हम्मे परेको आमा लक्ष्मी राई ले बताईन । उनलाई आर्थिक सहयोग गर्न चहाने व्यक्ति हरु ले नेपाल बैंक लिमिटेडको गौरीगञ्ज शाखामा उनका वुवा देबिन्द्र राईको Debindra Rai को नाममा रहेको खाता नम्बर काे खाता 07301007048922000001 आर्थिक सहयोग काे अपेक्षा समेत राखेका छन ।