निजि विद्यालयमा सुर्य निर्वाचित (फोटोफिचर)

असोज १ शुक्रबार,रबिन्द्र बराल/निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन रंगेली मा दोश्रो नगर अधिवेशन सम्पन्न रंगेली ७ मा रहेको मेलिना गेष्ट हउसमा सर्वसम्मत बाट समिति चयन गरिएको छ । प्याब्सन कार्यसमिति रंगेली काे अध्यक्षमा सूर्य प्रसाद गौतम सर्वसम्मत बाट निर्वाचित भएका छन । अध्यक्ष बाहेक अन्य पदमा समेत सर्वसम्मत रूपमा रंगेली प्याब्सनमा नयाँ नेतृत्व चयन भएको छ । समितिको सचिवमा गोपाल भट्टराई, कोषाध्यक्ष निराजन दाहाल , सदस्य हरुमा प्रमाेद कुमार मण्डल, लक्षमण भगत,षडनन्द दाहाल, राज कुमार राजवंशी गरि सात समिति चयन गरिएको छ ।

प्याब्सन नगर समिति रंगेली का १३ विद्यालयहरू आवद्ध रहेको छन । सुनवर्सि नगरपालिका भित्र ६ बटा बिधालय रहेकाे र बिधार्थि संख्या अपुग भएका कारण ले गर्दा दाेस्राे अधिबेशन बाट सुनवर्सि मा फाेकल प्रसनल का रुपमा जितेन्द्र कुमार दास लाई समेत गरिएकाे निर्वाचन अधिकृत भक्तराज सुब्बा ले बताए । नयाँ कार्य समिति का निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचन अधिकृत भक्तराज सुब्बा ले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र समेत बितरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथ रंगले नगरपालिकाका शिक्षा अधिकृत रवीन्द्र पण्डित, अतिथि मा सुनिल पाैडेल, बिकर्ण कार्की , जीवन खनाल, माेती ढकाल लगायत काे समेत उपस्थिति रहेको थियो ।