बाबुराम, वैद्य र विप्लवसहित छरिएका कम्युनिष्टहरूलाई एकै ठाउँमा ल्याउन छलफल भइरहेको छ : प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका कम्युनिष्ट शक्तिहरू एकीकृत बनाउने प्रयास भइरहेको बताएका छन्। बिहीबार योङ्ग कम्युनिष्ट लीग (वाइसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकमा अस्थिरता मच्चाउने प्रयास भइरहेको भन्दै त्यसबाट जोगाउन पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी भएको पनि बताए।

लोकपाटी डटकमको अनुसार बाबुराम, मोहनविक्रम, मोहन वैद्य, र विप्लवसहितका नेताहरूसँग छरिएका कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउन छलफल भइरहेको बताए।