कृषि विकास बैक रंगेलीमा ऋृण लिदा १ लाख घुस माग

रबिन्द्र बराल /कृषि विकास बैक रंगेली का शाखा प्रमुख ले सेवा ग्राहिलाई ऋृण दिए बापत सेवा ग्राहि संग १ लाख रुपैयाँ नदिने भए पछि ऋिण स्युक्रिति गर्ने आनाकानी भए पछि एक व्यपारी मिडिया मार्फत हारगुहार गरेपछि अहिले कृषि विकास बैंक तरङ्गित बनेको छ । रंगेली नगरपालिका ७ मा रहेको कृषि विकास बैंक ले कृषक तथा ब्यापारी हरु संग खुलेआम घुस माग गरेर ऋिण दिने गर गर्ने गरेको खुलासा भएको छ ।

विपिन ट्रेडर्स र अटो लिंक सन्चालक विपिन कुमार मंण्डल र सचिन कुमार मण्डल ले सन्चालनमा ल्याएकाे विपिन ट्रेडस ले सुरुमा १४ बर्ष अगाडि १ लाख रुपैयाँ ऋिण लिएर उनलेे आफ्नो व्यवसाय सन्चालन गरेका थिए । सुरु देखि नै राम्रो ऋिणि समेत मनिन्थे पछिल्लो समयमा आफ्नो घरजग्गा लाई घिताे मा राखेर उनलेे साेही बैक बाट २ कराेड ३० लाख रुपैयाँ व्यपारी प्रयाेजन का लागि माग गरेका थिए । एक महिना अगाडि देखि कृषि बिकास बैक ले ऋिण दिने आश्वासन दिएपछि उनले कागजी प्रकृया मा १ देखि डेर लाख रुपैयाँ सम्म खर्च गरि सकेता पनि तर असाेज १३ गते उनलेे बैक मा सबै डकुमेन्ट समेत बुझाई सकेका थिए ।

सबै प्रकृया पछि उनले असाेज १३ गते कार्यालय प्रमुख शम्भु साह ले सो जग्गामा लगानी गर्ने सकिने तर १ लाख देखि २ लाख रुपैयाँ रकम दिए मात्रै ऋिण स्युक्रिति गरिदिने भने पछि उनलेे कुनै रकम नदिने भनेपछि साे कुरा बाहिर आएकाे हाे । कृषि विकास बैक का प्रमुख ले १० लाख रुपैयाँ ऋिण दिदा २० हजार रुपैयाँ , १५ लाख मा २५ हजार रुपैयाँ , ३० लाख मा ५० देखि १ लाख रुपैयाँ सम्म र १ देखि २ करोडौं काे १ देखि २ लाख रुपैयाँ सम्म रकम लिने गरेको पडित बिपिन मंण्डल ले बताए ।

विपिन ट्रेडर्स र अटो लिंक सन्चालक का अनुसार आफुले २ बिघा खेति याेग्य जमिन, घर घडेरी गरि ५ करोडौं बराबरको सम्पति बैक जमिन धिताे राखेर ऋिण का लागि माग गरिएको भएता पनि बैक ले भने मुल्यांकन कम भएको भन्दै उनलाई ऋिण दिन आनाकानी गरेकाे र कार्यलय प्रमुख ले दुई लाख दिए माथिल्लो निकाय सम्म दिनुपर्ने भन्दै आफू संग रकम माग गरेको आराेप समेत लगाएका छन । कार्यालय प्रमुख प्रभु साह लाई टेलिफोन सम्पर्क गर्दा उनलेे भने आफुले कुनै पनी रकम माग नगरेकाे र ऋिणि काे मुल्यांकन नपुगेका कारणले ऋिण दिन नसकिए उनलेे बताए । तर २० दिन देखि दिने तयारीमा रहेको कृषि विकास बैक ले अन्त्यमा आएर ऋिण नदिदा रमक नदिएकै कारण ले गर्दा ऋिणि नदिएकाे बिपिन मंण्डल काे बुझाई रहेको छ ।