चाडपर्व लक्षित रंगेली बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

रबिन्द्र बराल/चाडपर्व लक्षित सुरक्षा योजना का लागि नेपाल प्रहरी परिचालन र बसपार्कमा यात्रु सहायता कक्ष रंगेली स्थापना गरिएको छ । प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याउन का लागि प्रदेश प्रहरी कार्यालयले १४ जिल्लामा एकसाथ सुरक्षा योजना कार्यन्वयनमा ल्याएको छ । साेहि कार्यक्रम रंगेली काे बसपार्कमा समेत नगरीक साहयता कक्षकाे स्थापना गरिएको छ । प्रहरीले चाडपर्वमा घर बाहिर निस्कदाँ सावधानी अपनाउन समेत आग्रह गरेको छ । लामो समयसम्म घर बाहिर रहँदा रेखदेखका लागि छिमेकीसँग सहकार्य गर्न प्रहरीले आग्रह गरेको छ । संभावित जोखिम र आशंका लागेमा नजिकको प्रहरीलाई खबर गर्न र सहयोग लिन आग्रह समेत गरिएको छ ।

बसपार्कमा रहेका हेल्पडेस्कमा रहेका ट्राफिक प्रहरीसँग यात्रा दुरी, भाडादर लगायतका विषयमा जानकारी लिनका लागि समेत प्रहरीले आग्रह गरेको छ । सार्वजानिक सवारीमा चाडपर्वमा हुने बढी भीडभाडले कोरोना संक्रमणको जोखिम निम्त्याउने भएकोले यात्राका क्रममा सावधानी अपनाउनका लागि सबैले प्रहरीसँग समन्वय गर्नुपर्नेमा जोड दिइएका छन ।कार्यक्रममा ईलाका प्रहरी कार्यालय रंगेली का देव पुकार यादव, ट्राफिक ईन्चार्ज निलमणि पाेख्रेल, स्थानीय बुद्धि तथा टेम्पु चालक हरु काे समेत उपस्थिति रहेको थियो ।