६६ औं प्रहरी दिवसको अवसरमा रंगेलीमा विभिन्न कार्याक्रम गरियो

असाेज १८ साेमबार/रबिन्द्र बराल,६६ औं प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय रंगेली ले विभिन्न कार्यक्रम काे आयोजना गरेको छ । दिवस काे अवसरमा “तपाईको माक्स खोई” भन्ने अभियान, अन्तर्गत रंगेली काे मुख्य बजार मा आवत जावत गर्ने ५ सय जना सर्वसाधारण हरु काे लागि माक्स बितरण गरेको हाे । प्रहरी ले दिवस लाई लक्षित गरेर मुख्य बजार मा रहेको काली मन्दिर काे वरिपरि सरसफाई कार्याक्रम समेत गरेकाे छ । प्रहरी परिसर भित्रमा “एक प्रहरी एक बिरुवा” भन्ने मुल नाराका साथ कार्यालय परिसर भित्र कटहर, अशोक, कदम , आँप , लिची, अमला, र कागति गरि १ सय ६३ थान बिरु बृक्षा रोपन समेत गरेका छन ।

समाजमा शान्ति, सु-व्यवस्था, अमन चयन कायम गर्न २४ सै घण्टा समर्पित नेपाल प्रहरीको ६६ औ प्रहरी दिवसको अवसरमा वृक्षारोपण अभियान संचालन गरी यसको संरक्षण, सम्वर्धन समेत गरी वातावरणलाई सफा, स्वच्छ, सुन्दर तथा सन्तुलन बनाउने कार्यमा निरन्तर प्रयत्नरत रहि रहने ईलाका प्रहरी कार्यालय रंगेली का निमीत कार्याल प्रमुख प्रहरी नायव निरीक्षक देव पुकार यादव ले बताए ।