जनता समाजवादी पार्टीद्वारा शुभकामना आदानप्रदान

असोज २३ शनिबार/रबिन्द्र बराल ,माेरङ काे रंगेली नगरपालिका ६ मा रहेको श्री पव्लिक उच्च माध्यमिक बिधालय काे प्राङ्गणमा सङ्घीयता, सुशार समृद्धि र समाजवाद सम्मुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद काे मुल नाराका साथ जनता समाजवादी पार्टी, नेपाल ले संगठन सुदृढिकरण तथा जनजागरण सूज अभियान अन्तर्गत शुभ बिजया दशमी तथा दिपावली काे शुभ उपल्यक्षमा शुभकामना आदानप्रदान कार्यक्रम काे आयोजना गरेको छ । कार्याक्रम्म काे प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् सभाषद जयरामा यादव , जिल्ला अध्यक्ष राज कुमार यादव, नगर अध्यक्ष पन्नालाल मंण्डल, बडा अध्यक्ष रुपेश मंण्डल, शिशुपाल यादव, भुपेन्द्र मंण्डल , पवन साेनी , बुद्धिजीवी ,महिला लगायत काे समेत उपस्थित रहेको थियो ।

कार्यक्रम लाई सम्बाेधन गर्दे
जिल्ला नेता राजकुमार यादव ले भने अहिले चुनावकाे बेलामा रुख चिन्नहमा भाेट नहाल्न र रुखमा घमिरा लागि समेकेकाे र सुर्य चिन्हम ग्रहण लागेकाे र हसियाँ हथाैडा मा खिया समेत लागि समेकाे उनलेे बताए । अतिथि हरुले भने नेपाल सरकारले १३ बर्ष अगाडि अंगकृति नागरिता बनाएर सबै काे हात हातमा नेपाली नागरिक दिएता पनि अहिले उनिहरु काे छाेरा छाेरी काे अंगकृत नागरिकता नबन्दा युवा हरु ले अहिले उच्च शिक्षा र बैदेशिक राेजगारी काे लागि बन्चित समेत हुनुपरेकाे बताए । शुभकामना आदानप्रदान कार्यक्रममा एभिन्युज टेलिभिजन का माेरङ रिपोर्ट रबिन्द्र बराल, मकालु टेलिभिजन का रंगेली रिपोर्ट दिलिप अग्रवाल, रणभुमि साप्ताहिक का छत्र राजवंशी लाई समेत मायाको चिनाे समेत बितरण गरेका थिए । कार्यक्रममा रंगेली नगर समिति काे आयोजना तथा नगरपालिका जनता समाजवादी पार्टीका बडा का अध्यक्ष भुवनेश्वर मंण्डल काे अध्यक्षता मा कार्यक्रम सम्पन भएको थियोे ।