लालझाडीका अध्यक्ष बडायकले कमिज खोलेको भिडियो भाइरल

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदन बडायक यस्तै मोजमस्तीमा रमाइरहेको तथ्य फेला परेको छ।

बडायक गाउँपालिकाको बजेटमा पिकनिकमा मोजमस्ती गर्दै गरेको दृश्य यतिबेला कञ्चनपुरका स्थानीयमाझ भाइरल बन्न पुगेको छ। अध्यक्ष बडायक लगाइरहेको कमिज फुकालेर एक महिलाको सललाई आफ्नो तल्लो भागमा बेरेर नाच्नमा मस्त देखिन्छन्।

मदिराले मस्त बडायकको गाउँपालिकाकै महिला कर्मचारीसंग कमिज फुकालेर नाच्दै गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएसंगै आलोचना बढेको छ।

सामाजिक सञ्जालमा गाउँपालिकाको पैसामा मोजमस्ती गरेको भन्दै अहिले गाउँपालिकामा चर्को आलोचना भइरहेको छ।

अध्यक्ष बडायकले गत बर्ष कार्यपालिकाको वैठकमा जनप्रतिनिधी र कर्मचारीको पिकनिक मनाउने कुरा आएपछि सुख्खडमा पिकनिक गरिएको बताए। पिकनिकमा गएपछि वडा सचिव रामसिंह धामीले मलाई नाच्न भनेर जवर्जस्ती गरेर नचाएको उल्लेख गर्दै उनले भने,’ गर्मी भएर सर्ट खोलेर नाचे पनि मर्यादा नाघेका छैनौं।’ उनले नगरपालिकाको खर्च नभइ ब्यक्तिगत खर्चमै पिकनिक गरिएको दावी समेत गरे।