एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं ।    नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

बैठक मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने भएको हो । बैठकले अहिलेसम्मको कामको रिपोर्टिङ हुने र आगामी रणनीति तय गर्ने छ ।

सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।

स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ ।