अभिनेता शाहरुख खानकी छोरी सुहाना पढ्छिन संसारकै महंगो कलेजमा, फिस सुन्दानै जान्छ सातो

एजेन्सी-बलिउड अभिनेता शाहरुखकी छोरी सुहाना खान युकेको अर्डिनग्लि कलेज पढ्छिन्।जुन कलेज संसारकै महंगो कलेज मध्यको एक हो । यहाँ संसारभर रहेका देशको करोडपतिका बच्चाहरु पढ्न आउछन् ।पछिल्लो समय जुलियट नामक प्ले सम्पन्न भयो ।

शाहरुख खान आफै पनि सुहानाको प्ले हेर्न पुगेका थिए । शाहरुख आफ्नी छोरीको अभिनयबाट निकै प्रभावित भए।शाहरुखले इन्स्टाग्राममा सुहानाको साथ आफ्नो तस्विर सेयर गर्दै सुहानाको प्ले जुलियटको निकै तारिफ गरेका थिए । शाहरुख छोरी सुहानाको निकै ख्याल राख्ने गर्छन।

सुहाना बाबु जस्तै बलिउडमा अभिनय गर्न चाहन्छिन् । सुहाना कलेजमा हायर एजुकेशन गर्दै छिन् ।सुहानाको कलेज फिस निकै महँगो छ । उनको कलेजमा एक टर्म पढाईको लागि १०,२१,२९५ रुपैया अर्थात् वर्षमा ५० लाख भन्दा बढी फिस तिर्नुपर्ने बताइन्छ ।