महिला हिंसाको घटना बढ्दै गएको भन्दै माइतिघर मण्डलामा प्रदर्शन

काठमाडौं । मुलुकमा महिला हिंसाको घटना बढ्दै गएको भन्दै श्रीमति संगठनले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । मोरङमा भएको १८ महिने बालिकाको बलात्कार र हत्या तथा अन्य महिला हिंसाको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले तिमीहरु खुलमखुल्ला हिड्ने, हामी भित्रभित्रै पिल्सिने, छोरी चेलीको रक्षक, नारी शक्ति एक हौं, बलात्कारको मुद्दालाई राजनैतिक एजेण्डा बनाउलगायतका प्लकार्ड प्रदर्शन गरेका थिए ।

पछिल्लो समय बालबालिका तथा महिलाहरु असुरक्षित भएको भन्दै राज्यले गम्भीर रुपमा ध्यान दिनुपर्ने भन्दै प्रदर्शन गरिएको संगठनले जनाएको छ ।