कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृ’त्यु

 

नरेश खपांगी मगर लण्डन, ८ चैत । को’रोना भा’इरसको ’महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृ’त्यु भएको छ । संखुवासभा खांँदबारी नगरपालिका १० स्थायी घर भई हाल लण्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा नि’धन भएको पारिवारिक स्रोतले बताएको छ ।पारिवारिक स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अ’चानक स’मस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा सांझ ८ बजेतिर चिकित्सकले मृ’त घो’षणा गरेका थिए ।

राईको नि’धनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको नि’धन को’रोना भा’इरसका कारण भएको जानकारी दिएको थियो । को’रोना भा’इरसका संक्रमणबाट मृ’त्यु हुने सम्भवत राई पहिलो नेपाली हुन् ।हाल सुनसरीको इटहरी उपमहानगर पालिकामा बसोबास गर्दै आएका राई सन् २००८ मा बेलायत आएका थिए । सेकेण्ड गोरखा रा’इफल्समा १७ वर्ष से’वा गरेका राईको आर्’मी नम्बर २११६०५८१ थियो । उनी श्रीमती र छोराबुहारीका साथ युकेमा बसोबास गरिरहेको बताइएको छ । उनको करिब दुई दशक अघि मिर्गौला प्र’त्यारोपण पनि गरिएको थियो ।

अहिले राईको परिवारलाई पनि ‘आ’इसोलेसन’ मा राखिएको छ । जसका कारण उनका आफन्त र जिल्लाबासीले परिवारसित भेट गरी सा’न्त्वना दिन पाएका छैनन् ।संखुवासभा समाज युकेले जिल्लाबासीलाई राईको परिवार आ’इसोलेसनमा रहेका कारण आफ्ना सदस्यहरुलाई पारिवारिक भेटका लागि अर्को सू’चना जा’री गरिने जनाएको छ ।