इतिहासमा आज : इराकद्वारा रसायनिक हमला, रुसले क्रिमियालाई गाभ्यो

सन् १९८० देखि इराक–इरान युद्ध चलिरहेको थियो । यसमा हजारौँ मानिस मारिएका थिए । तर १६ मार्च १९८८ मा जे भयो, त्यो इतिहासकै सबैभन्दा क्रूर घटना बन्यो । बिहान करिब ११ बजे इराकी सेनाले इरानसँग सीमा जोडिएको सहर हेलबजामा रासायनिक हमला गरेको थियो । सेनाले मस्टर्ड ग्यास हावामा मिसाएको थियो ।

यसले ५ हजारभन्दा बढीको ज्यान गयो । जबकि १० हजार मानिस जीवनभरका लागि कुनै न कुनै रोगको सिकार भए । रसायनको प्रभाव यति घातक थियो कि असर अर्को पुस्तामा देखियो ।
हलेबजा सहर इराक–इरानको सीमामा पर्छ ।

इराकमा सद्दाम हुसैनको शासनसँग असन्तुष्ट अधिकांश कुर्दहरू यहाँ बस्छन्। जब इरानी सेनाहरू क्षेत्रमा प्रवेश गरे, उनीहरूलाई स्थानीय कुर्दहरूले स्वागत गरे। यसबाट सद्दाम आक्रोशित बने । उनले कुर्दहरूलाई पाठ सिकाउने निर्णय गरे। यो आक्रमण त्यही घृणाको परिणाम थियो ।

२०१४ : क्रिमियामा युक्रेनबाट अलग भएर रसियामा सामेल हुन जनमत संग्रह भयो। धेरै देशको विरोधका बाबजुद रुसले जनमतसंग्रहपछि क्रिमियालाई गाभेको थियो। २००७ दक्षिण अफ्रिकाका ब्याट्सम्यान हर्षल गिब्सले एक ओभरमा ६ छक्का प्रहार गरेर विश्व कीर्तिमान बनाए । गिब्सले नेदरल्याण्ड्स विरुद्ध २००७ : को एकदिवसीय विश्वकपमा ड्यान भान बुन्गेको छ बलमा छ छक्का प्रहार गरेका थिए।

१९६८ : भियतनाम युद्धको समयमा अमेरिकी सेनाले सयौं निर्दोष मानिसहरूलाई मारे । १९४५ : दोस्रो विश्वयुद्धको समयमा बेलायतले जर्मन शहर वेर्जबर्गमा आक्रमण गर्योि। २० मिनेटको बम विष्फोटमा ९० प्रतिशत सहर ध्वस्त भएको थियो । १७५१ : जेम्स मैडिसन, संयुक्त राज्य अमेरिकाको चौथो राष्ट्रपति, भर्जिनियामा जन्म भएको थियो ।