म देउवा, प्रचण्डको ठाउँमै गएर चुनाव लड्छुः दुर्गा प्रसाई

काठमाडौं । मेडिकल कलेज संचालक एवं नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईले आफु नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग उनीहरुकै निर्वाचन क्षेत्रमा गएर चुनाव लड्न सक्ने बताएका छन् ।

एक अन्तवार्तामा यदि एमालेको राप्रपासंग चुनावी तालमेल भएन भने एउटै क्षेत्रबाट राजेन्द्र लिङदेनसंग तपाई चुनाव लड्न तयार हुनुहुन्छ भन्ने पश्नमा उनेले भने– ‘राजेन्द्र लिङदनसंग म ? हेत्तेरीका होउ भाई, म शेरबहादुर प्रचण्डको ठाउँमा गएर उनीहरसंगै लड्छु भन्दैछु, राजेन्द्र लिङदेन बिचरा !

राजेन्द्र लिङदेन त नि, राजेन्द्र लिङदेनको ३ नम्बर क्षेत्र होइन ? त्यहा मैले गएर अलिअलि यसो काम गरिदिएको थिए हैन, भनेको २२–२५ करोडको कामहरु गर्देको थिए । त्यहा स्वास्थ्य, शिक्षा मदरसाहरु बनाईदिएको थिए । अहिले दुर्गा प्रसाई अब यहाँ चुनाव लड्न आउने भयो भनेर समानुपातिकमा बस्छु भनेर भन्न थालिसक्नु भाको छ अहिले ।

उनले थपे– यदि त्यहाँ १ लाख मत छ भने ९० हजार ल्याएर म आए भनेदेखि मैले पाए भने त्यो मेरो जित हो । ५ हजार मतले जिते भने आउँदिन भनेको छु क्या । संसदमा आउँदिन फसाल हापेको जस्तै हाप्दिन्छु भन्या छु । के कुरा गर्नु हुन्छ हौ तपाई मेरो भाई ?

तपाईको त गगन थापासंग चुनाव लड्दैछन भनेर ठुलो चर्चा छ ?

होइन मलाई नेकपा एमाले पार्टीले आवश्यकता अनुसार जहाँ खटाउछ, म लड्न तयार छु, नेपाल भरि ‘ओपन’ किन भने देखि गगन थापाको पनि हेरियो नि होइन, गगन थापा आफैले ‘बम’ पड्काउन लगाएर होइन, आफै कानमा पट्टि बाधेर जित्या होइन ? विप्लवले ‘बम’ पड्कायो भनेर आफैले पड्काउन लगाएर जित्या होइन ?