अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजका दुई पत्रकारको युक्रेनमा मृत्यु

अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजका वरिष्ठ भिडियो पत्रकार पिएर जाक्राजेवस्कीको युक्रेनमा निधन भएको छ । रुसले गरेको आक्रमणका कारण युक्रेनको राजधानीको बाहिरी क्षेत्रमा पत्रकार जाक्राजेवस्की र अर्का स्वतन्त्र पत्रकार ओलेक्सान्ड्रा कुभ्शिनोभाको मृत्यु भएको हो । उनीहरु सोमबार आक्रमणमा परेका थिए । ५५ वर्षका जाक्राजेवस्कीले यसअघि फक्स न्यूजका लागि इराक, अफगानिस्तान र सिरिया युद्धको पनि रिपोर्टिङ गरेका थिए । उनी आइरिस नागरिक हुन् ।

यस्तै युक्रेनमा फक्स न्यूज कन्सलट्यान्टका रुपमा कार्यरत २४ वर्षकी ओलेक्सान्ड्राको निधनमा पनि फक्स न्यूजले गहिरो दुःख व्यक्त गरेको छ । यसअघि युक्रेनमा रुसी आक्रमणमा परेर अर्का अमेरिकी पत्रकार ब्रेन्ट रिनाउडको निधन भएको थियो । ५१ वर्षका उनको गएको आइतबार निधन भएको हो ।