स्थानीय निर्वाचनको तयारीमा केन्द्रित हुन सांसदहरुलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं ।    प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन सांसदहरुलाई निर्देशन दिएको छ । संसद भवन नयाँ बानेश्वरमा विहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमालेको एजेण्डाका साथ निर्वाचन केन्द्रित भएर गाँउ–गाँउमा जान निर्देशन दिएका हुन् ।

बैठकमा ओलीले स्थानीय तहको चुनावमा ६५ देखि ७० प्रतिशत सिटमा जित हासिल हुने गरेका थिए । एमाले देशभर एक्लै चुनावी प्रतिस्पर्धामा जाने र अत्यधिक स्थानमा जित निकाल्ने अध्यक्ष ओलीले बताएका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

नेताजस्तो नभई कार्यकर्ताजस्तो भएर र जनतासँग नङ मासुको सम्बन्धजस्तै बनाएर जनतामाझ जान ओलीले निर्देशन दिएका उनले बताए । त्यस्तै संसदको अधिवेशनमा सत्तारुढ गठबन्धनले आफ्नो उदेश्य मात्र पूरा गरेको र जनताको समस्याका बारेमा छलफल गर्न गठबन्धन र सभामुखले कुनै प्रयास नगरेको निष्कर्ष निकालेको भट्टराईले जानकारी दिए ।

त्यस्तै उनले संसद अधिवेशन अन्त्य गरेर प्रधानन्यायाधीशमाथिको महाभियोग पास गर्ने नियतले नल्याएको पुष्टि भएको उनले बताए । बैठकमा अध्यक्ष ओलीले सरकारको गलत कामको भण्डाफोर गर्न पनि निर्देशन दिएका भट्टराईले बताए ।