ईन्धन खपत घटाउने अभियानः बैंकका कर्मचारीलाई साइकल चढेर कार्यालय आउन आग्रह

काठमाडौँ । बढ्दो ईन्धन खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारीहरुलाई कार्यालय आवतजावत गर्दा हिडेर वा साइलक प्रयोग गर्न उत्प्रेरित गरेको छ ।

इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक कदमहरु अगाडि वढाएको बैंकले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ । समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही ईँटा थप्ने उद्देश्यले उक्त अभियान चलाएको बैंकको भनाई छ ।

बैंकले इन्धन खपत घटाउने उद्देश्यले नै सकेसम्म चार पांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीहरुलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीहरुलाई उत्पे्ररित गरेको छ । सो सम्भव नभएको अवस्थामा सकेसम्म चार पांग्रे सवारी साधनको सट्टा दुई पांग्रे सवारी साधनको प्रयोग गर्न वा सार्वजनिक सवारी साधनको प्रयोग गरेर कार्यालय आवत जावत गरी इन्धन खपत घटाउने प्रयासमा योगदान दिन बैंकले आफ्ना कर्मचारीहरुलाई आग्रह गरेको हो ।

बैंकले विद्युत्तीय सवारी साधन खरिद तथा प्रयोगमा वृद्धि ल्याउन सोही अनुसार सवारी साधन कर्जा सम्वन्धि प्रोडक्ट पेपरहरुमा परिमार्जन गरी सो प्रोडक्ट पेपरको प्रवद्र्धन गर्न लागेको जनाएको छ ।

देशमा इन्धनको खपत सक्दो कम गरी बातावरण लाई सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘सेभ फ्यूल च्यालेन्ज’ भन्ने नाराका साथ बैंक अगाडि बढेको प्रमुखअ सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले जनाएका छन् ।