काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अमेरिकी संसदलाई सम्बोधन गर्दा युक्रेनको विनाशकारी भिडियो देखाएका छन।
पृष्ठभूमिमा सुमधुर सङ्गीतसहितको छोटो भिडियोले भग्नावशेष भवनहरू र बालबालिकाहरू सहित घाइते भएका नागरिकहरूको कारुणिक दृष्य देखाइएको थियो।
सो भिडियोको अन्तिम फ्रेममा नोफ्लाई जोनको अपीलमा ूआकाश बन्द गर्नुहोस्ू शब्दहरू देखाइएको छ।
जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन विश्वको नेता बन्नु पर्ने उल्लेख गर्दै विश्वको नेता बन्न शान्तिको नेता बन्नु पर्ने बताएका थिए।
जेलेन्स्कीको सम्बोधनपछि पनि उनलाई उठेर सम्मान गरिएको थियो।
यसअघि जेलेन्स्कीले मंगलबार क्यानडाको संसदमा सम्बोधन गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्