पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण तामाङ नेपाली काङ्ग्रेसमा प्रबेश

हरिलाल जोशी     –

पुनर्वास-     देशभर पार्टी प्रवेश गर्ने लहर चलिरहदा कंचनपुरको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङ पनि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौको बालुवाटार पुगेर अध्यक्ष तामाङले नेपाल कम्युनिस्ट पार्टी एमाले परित्याग गरी नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुले दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
पार्टीमा प्रवेश गर्दै संघका अध्यक्ष तामाङले कम्युनिस्ट पार्टीमा कार्यकर्ता प्रतिको असमान व्यवहार र नेताहरुको एकलौटी हस्तक्षेपका कारण आफुले नेकपाबाट विश्राम लिएको बताए ।

पार्टी प्रवेश कार्यक्रममा माननीय एनपी साउद, कंचनपुर क्षेत्र नम्बर १ का पूर्व सांसद दिवानसिंह बिष्ट, क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, महाधिवेशन प्रतिनिधि भरत बिष्ट, तरुण दल नेता प्रकाश बोगटी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तामाङ लामो समय राष्ट्रिय प्रजातान्त्र पार्टीमा नेतृत्व सम्हाल्दै कम्युनिस्ट पार्टीमा पुगेका थिए ।