होली विशेषः उपत्यकामा कडा सुरक्षाबीच होली मनाईदै, यस्तो छ होलिका दहनको पौराणीक कथा

काठमाडौं  । होली पर्व रंगहरुको पर्व हो । हिन्दू धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराबीमाथि राम्रोको विजयको प्रतीक हुनुका साथै होली पर्वले भगवानप्रतिको हाम्रो आस्थालाई पनि बढाउँछ किनभने यस दिन भगवान विष्णुले आफ्ना भक्त प्रह्लादको अटल भक्तिका कारण रक्षा गरेका थिए । होली पर्वलाई भक्त प्रह्लाद र राजा हिरण्यकश्यपुको कथासँग जोडिएको हुँदा यही कथाका कारण होली पर्व मनाइन्छ ।

होलीको इतिहासको बारेमा कुरा गर्दा हिन्दू धर्ममा राजा हिरण्यकशिपु, उनकी बहिनी होलिका र राजाका छोरा प्रह्लादको कथा प्रचलित छ, जुन यस प्रकार छ–

पौराणिक कथा अनुसार हिरण्यकश्यपु नामक राक्षस राजा थिए । उनीहरुको प्रह्लाद नामको छोरा थिए र राजाको होलिका नामकी एक बहिनी थिइन् । शैतान राजालाई ब्रह्माको आशीर्वाद भएको विश्वास गरिन्छ। आशीर्वाद जस अनुसार कुनै मानिस, पशु वा हतियारले उसलाई मार्न सक्दैन। उहाँले आफ्नो राज्यलाई परमेश्वरको सट्टा उनको उपासना गर्न आदेश दिए।

यसपछि सबैले हिरण्यकश्यपुको पूजा गर्न थाले तर प्रह्लादले आफ्नो पिताको पूजा गर्न अस्वीकार गरे किनभने प्रह्लाद भगवान विष्णुका सच्चा भक्त थिए। राक्षस राजा हिरण्यकश्यपुले आफ्नो छोराको अवज्ञा देखेर आफ्नी बहिनी सहित प्रह्लादलाई मार्ने प्रस्ताव राखे। उनले आफ्ना छोरा प्रह्लादलाई आगोमा होलिकाको काखमा बसाए, जहाँ होलिका जलेर भगवान विष्णुको आशीर्वादले प्रह्लाद सकुशल बाहिर आए ।

त्यसबेलादेखि अहिलेसम्म मानिसहरूले फागुन शुक्ल पूर्णिमालाई होलिकाको नाममा आस्थामाथि सद्भावको विजयको रूपमा मनाउन थालेका छन्।

यो पर्व कतिपय अवस्थामा मित्रताको ठाउँमा झै झगडाको कारण बनेको छ भने सामाजिक एकताको ठाउँमा अहङ्कारपन देखिएको छ । यसले होली पर्व मनाउने नाममा सामाजिक सद्भावमा पनि नराम्रो असर सिर्जना हुन थालेको छ । गाउँघरमा बढ्दो पश्चिमी आधुनिकताको प्रभावले फागुपूर्णिमा पर्वको परम्परागत महत्व, रौनकता हराउँदै जान थालेको गुनासो बढेको छ ।

आधुनिकताको बढ्दो प्रभाव र पाश्चात्य ढङ्गका रीतिरिवाज, संस्कृतिले नेपाली मौलिक संस्कृति होली पर्वको मौलिकता नै हराउन पुगेको छ । पहिलेका होलीमा गाउँघरमा खैजडीँ, मादल बजाएर गीत गाएर नाच्ने चलन थियो । अहिले ठूला–ठूला साउण्ड सिस्टम, युट्युब, मेमोरीकार्डको माध्यमबाट नाच्ने चलन छ । यसले गर्दा पनि परम्परागत शैलीमा गाउँने र नाच्ने चलन गाउँघरमा हिजोआज देख्न पाइदैन ।

होली आउनु एक दुई दिन अगाडि नै खँैजडी, मादल, झ्यालीलगायतका विभिन्न परम्परागत बाद्यबादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो । अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ । रेकर्ड गरिएका क्यासेट गीत, मेमोरी, पेनडाईभलगायत विभिन्न प्रविधिको प्रयोग गरी रङग रमाइलोका लागि मात्र नाच्ने गरिन्छ ।

यस पर्वलाई विशेष गरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङग खेलेर धुमधामका साथ मनाइन्छ । परम्परागत संस्कृतिको महत्व, महिमाको प्रचारप्रसार नहुँदा पनि मौलिक संस्कृति धरापमा परेका छन् । होलीको दिन समूहमा वनभोज जाने चलन बढ्दै गएको छ । खानपान पनि खर्चिलो गरेर होली मनाउने देखासिकी उत्तिकै बढेको पाइन्छ । कतिपय ठाउँमा होली मनाउने क्रममा मादकपदार्थ सेवन गरेर होहल्ला गर्ने भेटिन्छन् ।

लोक संस्कृितको क्षेत्रमा रम्ने र रमाउनेलाई सम्बन्धित निकायले हौसला, उत्प्रेरणा दिने, कला सीपको प्रवद्र्धन गरेको खण्डमा मौलिक संस्कृतिको जगेर्ना गर्न सकिन्छ । नयाँ पुस्तालाई पनि मौलिक संस्कृतिको बारेमा खोज अनुसन्धानमा लाग्ने वातावरण सम्बन्धित स्थानीय तहले गर्न सक्यो भने मौलिक संस्कृतिको जगेर्ना गर्न सकिन्छ ।

यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गको चाड हो । होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

साना–साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवती गीत गाउँदै–नाच्दै होली खेल्छन् । होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुपूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका बालबालिका, युवायुवती तथा प्रौढहरुका समूह हातमा रङ र रङगीन झोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र हो–हल्ला गर्दै आपसी रिसइबीलाई विर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रुपमा लिइन्छ ।