मोटरसाइकलको नम्बर प्लेटमा ‘बोल देना पल साहब आएथे’ लेख्ने ३ जना पक्राउ

काठमाडौं । भारतको युपीको औरैयामा प्रहरीले मोटरसाइकलमा सवार तीन जनालाई नियन्त्रणमा लिएको छ । जसले आफ्नो मोटरसाइकलको दर्ता नम्बर प्लेटमा नम्बरको सट्टा ‘बोल देना पल साहब आएथे’ लेखेका थिए । प्रहरीले मोटरसाइकल लिएर हिडिरहेका तीन युवालाई पक्राउ गरेको हो । तीनै युवामाथि कारबाही भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

कोतवालीका प्रहरी इन्चार्ज नवीन कुमार सिंह र अवनीश कुमारले गाडीको चेकजाँच गरिरहेका थिए । त्यसपछि तीनजना युवक मोटरसाइकलमा आउँदै थिए । जसको बाइकको पछाडिको प्लेटमा नम्बरको सट्टा ‘बोल देना पल साहब आये’ लेखिएको थियो । उक्त बाइकमा लाउड साइलेन्सर पनि राखिएको थियो । प्रहरीले डेरापुर कानपुर देहातका अंकित पाल, अनुज पाल र शिवमलाई पक्राउ गरेको छ ।