सत्य बोल्ने हो, सत्य बोक्ने हो, सत्य धारण गर्ने हो, हरेकलाई खुशी पार्न सम्भव छैन : अध्यक्ष ओली

​​​​​​​​​​​​​​प्रेस चौतारीले विगतमा सञ्चार जगतमा लामै समयदेखि महत्त्वपूर्ण योगदान गरी आएको छ । आगामी दिनमा प्रेस चौतारीले आपूmलाई अझ बढी व्यवस्थित, संगठित, योजनाबद्ध वैचारिक स्पस्टताका साथ त्यस विचारलाई आफ्नो संगठनमार्फत सम्प्रेषण गर्ने, सम्प्रेषण गराउने कुराहरुमा आपूmलाई अत्यन्तै प्रभावकारी ढंगले प्रस्तुत गर्न सफलता प्राप्त गर्नेछ भन्ने मैले विश्वास लिएको छु । किनभने यसको काँधमा अर्को विकल्प छैन । यसले सफल हुनै पर्छ र यी कामहरु यसले पूरा गर्नैपर्छ । यद्यपी नेपालमा प्रेस र पत्रकारिताको इतिहास लामो छैन ।

नेपालमा प्रेस र पत्रकारिताको इतिहास

औपचारिक प्रेस, औपचारिक पत्रकारिता यसको इतिहास लामो नभएका देशहरु मध्ये नेपाल पर्छ । यद्यपी शासकीय सहजताका लागि आदेश, निर्देश आदि सम्प्रेषण गर्ने काम, त्यसका निम्ति पशुंक्षीलाई समेत तालिम दिने कुरा हामी इतिहासमा देख्न र पढ्न पाउँछौं । त्यसै गरेर दुत पठाउने कुरा त्यो पनि एउटा सन्देश, समाचार, जानकारी सम्प्रेषणको कुरा हो । त्यसै गरेर मानवजाति अत्यन्तै सचेत प्राणी भएको हुनाले यसले अरु जीवहरुभन्दा अलिक श्रेष्ठ तरिकाले प्रेम गर्न पनि जान्यो । त्यसकारण यसले प्रेमका सन्देश पनि समय समयमा पठाउने ग¥यो । हाम्रो पत्रकारिता सुरुवात हुनुभन्दा अगाडि राजकीय, शासकीय समाचार, सन्देश, आदेशहरुको सम्प्रेषण र पारिवारिक सन्देश आदिका सम्प्रेषण वा प्रेमीहरुका प्रेम सन्देश सम्प्रेषण यी कुराहरुको अभ्यास लामै समयमा नेपालमा हुने गरेको थियो । पत्रकारिताको सुरुवात, प्रेसको सुरुवात, सञ्चारको सुरुवात, सञ्चार माध्यमको सुरुवात यिनै कुराहरुबाट प्रेरित भएर भएको हो र त्यसले विकास गरेको हो ।

प्रेस स्वतन्त्रता भनेको पनि मानवीय स्वतन्त्रतासम्बन्धी चेतनाकै एउटा पक्ष हो । मानवीय चेतना, स्वतन्त्रतासम्बन्धी मानवीय चेतना, अधिकारसम्बन्धी मानवीय चेतना, न्यायसम्बन्धी मानवीय चेतना र मानवका अधिकारसम्बन्धी र त्यो अधिकारलाई फेन्सी ह्युमन राइट होइन, रियल ह्युमन राइट ।

हाम्रो देशमा अहिलेभन्दा १३५ वर्ष अघि मात्रै वि.सं. १९४३ तिरमात्रै मोतिराम भट्टले पत्रिका प्रकाशन प्रारम्भ गरेका हुन् । वि.सं. ५० तिर पुग्दा सानो हाते प्रेस प्रयोग गरेको र पत्रकारिता सुरु गरेको पाइन्छ ज । । तरपनि यो १९४३ तिर मोतिराम भट्टले वनारसबाट नेपाली अखवार, त्यो प्रकाशन गरेर सुरुवात गरेको पत्रकारिता, पहिलो प्रेस १९५० मा स्थापना गरेर त्यसपछि विभिन्न समयमा क्रमशः प्रेसको प्रगति हुँदै आएको देखिन्छ । मूलतः पद्म शमशेरले गोरखापत्र प्रकाशित गरेपछि देशभित्रै एउटा नयाँ प्रकाशनको सुरु भयो र नेपालमा सम्पादक, समाचार सम्प्रेषणकर्ता, संवादाता आदिको अभ्यास सुरु भएको देखिन्छ । त्यसपछि आएर २००७ साल चैतमा सायद रेडियो प्रजातन्त्र विराटनगरमा सुरु भएपछि छापा र विद्युतीय माध्यमबाट यसरी सम्प्रेषण गर्ने कुराहरुको सुरुवात भएको देखिन्छ खासगरी यसै शताब्दीमा । र, यो लामो इतिहास हुँदै होइन, छोटो इतिहास हो । जबकी २२ सय वर्ष अगाडी अथवा इसापूर्व दोस्रो शताब्दीमा पत्रकारिता, प्रेस, समाचार सम्प्रेषण चीन र गी्रसमा सुरु भइसकेको थियो । चीन र गी्रसमा इसापूर्व १७० वर्ष, १७० इसापूर्व ग्रिसमा र त्यसै अवधितिर चीनमा सरकारी समाचार सम्प्रेषण, सरकारी आदेश निर्देशहरुको सम्प्रेषणको रुपमा प्रकाशन सुरु गरिएको थियो । यसरी एसियामा चीनमा र युरोपमा ग्रिसमा पत्रकारिताको इसापूर्व दोस्रो शताब्दीमै सुरु भएको थियो । हामीले बीसौं शताब्दीमा मात्रै बल्ल प्रेस चिन्न पायौं, देख्न पायौं, बुझ्न पायौं । त्यस प्रकारको स्थिति रह्यो ।

सञ्चारको क्षेत्रमा खासगरी १५औं शताब्दी पछि, इ.सा. पूर्व दोस्रो शताब्दीमा प्रेस सुरु भएको भएता पनि १६औं शताब्दी पछि प्रेसले खास आकार लिएको, प्रकाशन व्यवस्थित भएको पाइन्छ । त्यो सम्पूर्ण सरकारी नियन्त्रणमा र तत्सम्बन्धी, प्रेस सम्बन्धी ब्रिटिस संसदले एउटा कानून बनाएको थियो । त्यो अरु सञ्चारका गतिविधिलाई नियन्त्रण गर्ने र सरकारीलाई मात्रै सञ्चालन गर्ने किसिमको । सायद यो १७औं शताब्दीको कुरा होला । पछि क्रमशः यस सम्बन्धमा धारणाहरु विस्तारित हुँदै गए र व्रिटिस संसदमा एकजना सांसदले स्वतन्त्र प्रेस माथि नियन्त्रण गर्नु हुँदैन र समाचारहरु सरकारी समाचार मात्रै होइन, अन्य समाचार पनि सम्प्रेषित हुन पाउनु पर्दछ । त्यसमा अंकुश वा बन्देज लगाइनुहुन्न । यदी त्यसरी समाचारहरु सम्प्रेषित गरिए भने त्यस्तो विषयलाई कारबाहीको विषय बनाइनु हुन्न भनेर अभ्यासहरु अगाडि बढाइएका थिए । त्यही कुरा विभिन्न ठाउँमा सञ्चार माध्यमहरुको, प्रेसको, छापाको प्रयोग शासकीय सुविधा, शासकीय स्थायित्व, शासकीय सुदृढीकरण र शासन सञ्चालनको अनुकूलताका लागि यसको सुरुवात गरिएको थियो पछि स्वतन्त्र प्रेसको रुपमा क्रमशः अवधारणाहरु विकसित हुँदै आए । मैले अस्ति मानवअधिकार सम्बन्धी प्रंसगमा चर्चा गर्दा भनेको थिएँ, स्वतन्त्रता सम्बन्धी चेतनाको प्रंसगमा यो प्रेस स्वतन्त्रता भनेको पनि मानवीय स्वतन्त्रतासम्बन्धी चेतनाकै एउटा पक्ष हो । मानवीय चेतना, स्वतन्त्रतासम्बन्धी मानवीय चेतना, अधिकारसम्बन्धी मानवीय चेतना, न्यायसम्बन्धी मानवीय चेतना र मानवका अधिकारसम्बन्धी र त्यो अधिकारलाई फेन्सी ह्युमन राइट होइन, रियल ह्युमन राइट । यथार्थमा ह्युमन राइटको स्थिति यी सबै कुरा स्वतन्त्रतासँग जोडिएका छन् र सबै स्वतन्त्रता अथवा मानवअधिकारको प्रश्न आदि कुराहरु आधारभूत रुपमा मानवअधिकार भनेको व्यापक कुरा हो । त्यो स्वतन्त्रताको सबैभन्दा प्रमुख, आधारभुत र प्रस्थान विन्दु हो । त्यसको सन्दर्भ जोडिन्छ–सुरक्षासँग । मानिस कसरी सुरक्षित हुनसक्छ, खोज्छ, भयरहीत वातावरणमा उसले बाँच्न पाउनु पर्ने, सम्मानजनक जीवन जिउन पाउनु पर्ने, भोकमरी, गरिबी आदिजस्ता कुराहरुबाट उन्मुक्त सन्त्रास जीवन बाँच्न पाउनु पर्ने र असमानताको जिन्दगी होइन, समानताको जिन्दगी बाँच्नु पाउनु पर्ने । त्यसप्रकारका कुराहरुसँगै त्यसको प्रत्याभुतिको सन्दर्भमा प्रेस पैदा भयो, प्रेसको जन्म भयो, सञ्चारको जन्म भयो । यद्यपि मैले भनेँ, सञ्चार अगाडिदेखि थियो र गाउँगाउँमासञ्चारका आफ्ना माध्यम सञ्चालन गरिएको थियो । मुखियाहरुले गाउँमा कटुवाल घोकाउनेदेखि लिएर अनेक प्रकारका सञ्चार माध्यमहरु पनि लगाएका थिए । उर्दि जारी हुन्थ्यो, आदेश जारी हुन्थ्यो, हुकुम जारी हुन्थ्यो । स्तर स्तरका हुकुम जारी हुन्थे, आदेश सम्प्रेषित हुन्थे । यसैबाट प्रेसको विकास हुँदै गयो । त्यो सँगै प्रेस स्वतन्त्रता सम्बन्धी अवधारणा, स्वतन्त्रका अनेक पक्षहरु मध्ये प्रेस स्वतन्त्रता, प्रकाशनको स्वतन्त्रता, सम्प्रेषणको स्वतन्त्रता, वाचनको स्वतन्त्रता आदि पढ्ने, लेख्ने स्वतन्त्रतादेखि लिएर सही समाचार संकलन सम्प्रेषण गर्न पाइने निर्वाध, त्यस निम्ति कुनै प्रकारको डर त्रास हुन नहुने, राज्यबाट दमन गरिन नहुने, यो पछिल्ला शताब्दीहरुमा यस सम्बन्धी दुई तीन शताब्दी यसमा तीव्र विकास भएर आयो ।

ग्रीसमा दासहरुको ‘स्पाटकस विद्रोह’ स्वतन्त्रताको पहिलो लडाईं

स्वतन्त्रता सम्बन्धी चेतनाका सन्दर्भमा भन्ने हो भने हामी यस चेतनाको इतिहासमा दर्ज भएको प्रमाणित रुप भनेको ‘स्पाटकस विद्रोह’बाट पाउँछौं । हामी स्पाटकसलाई आधी विद्रोही पनि भन्छौं । उनको नेतृत्वमा भएको ग्रिसको विद्रोह, जुन रोमबाट सुरु भयो र अन्तिममा त्यो विद्रोह (सिस्ली) दक्षिण पूर्वको एउटा टापु, भूमध्य सागरको एउटा टापु (सिस्ली)मा गएर पराजयमा टुंगिएको थियो ।

यो अहिले मैले प्रेस स्वतन्त्रताको कुरा गरें । प्रेसको जन्मको कुरा गरें । चीन र ग्रिसमा दोस्रो शताब्दीमा, स्पाटकस विद्रोह इसा पूर्वको पहिलो शताब्दीमा भएको थियो । त्यसले मानवीय चेतना, मानवीय आकांक्षा, मानवीय स्वतन्त्रताको चाहना, मानवीय न्याय र समानताको अभिव्यक्ति एउटा भयानक विद्रोहको रुपमा दासहरु संगठित गरेर, हजारौं दासहरुको थोरै होइन, पछि हार्ने बेलामा पनि उनीहरु चार पाँच हजार लडाकु दासहरु सिस्लीमा पुग्दा पनि कायमै थिए । पहिले ठूलो संख्यामा दासहरुले विद्रोह गरेका थिए । यसरी त्यसले समानताको एउटा व्यवहारिक रुपमा, आन्दोलनको रुपमा, विद्रोहको रुपमा, विस्फोटको रुपमा त्यसले आपूmलाई प्रस्तुत गरेको थियो र स्वतन्त्रा सम्बन्धी सबैभन्दा पहिलो चर्को संगठित बिगुल हामी स्पटाकस (स्वतन्त्रा सम्बन्धी सबैभन्दा पहिलो र चर्को संगठित बिगुल स्पटाकस विद्रोहलाई मान्न सक्छौं । स्वतन्त्रताको चर्चा गर्दा म्याग्नाकाटाको नाम अघि आउछ तर यो स्पटाकस भन्दा १२ सय वर्षपछिको कुरा हो ।) अहिले हामी स्वतन्त्रताको चर्चा गर्दा प्राय स्वतन्त्रा सम्बन्धी व्याख्या गर्दा, चर्चा गर्दा युरोपीयन, अमेरिकन वा प्राय देशले म्याग्नाकाटाबाट सुरु गरेको पाइन्छ । म्याग्नाकाटा १२१५ को कुरा हो । अथवा त्यो १२ सय वर्ष भन्दा पछिको कुरा हो तर स्पटाकसको समयको, स्पटाकसको विद्रोहको चेतना म्याग्नाकाटामा पाइँदैन । मैले त्यो भन्ने गरेको छु । यद्यपी त्यो म्याग्नाकाटालाई एउटा पहिलो विधानका रुपमा, पहिलो संविधानका रुपमा, पहिलो मानव चेतनाको अधिकारको प्रश्नको उच्चतम दस्तावेजका रुपमा हामीले मानिआएका छौं । त्यसमा के थियो भने अधिकारको प्रश्न भनेको सोसल स्ट्याटसको आधारमा, सम्पतिको स्ट्याटस अथवा राजकीय स्ट्याटस, कुलघरना, सम्पति वा राज्यको स्ट्याटस के छ, त्यसको आधारमा मात्रै उपभोग गर्न पाइने प्रबन्ध म्याग्नाकाटामा थियो । अथवा म्याग्नाकाटा लिखित रुपमा थियो र लिखित दस्तावेजका रुपमा अधिकारको प्रश्नमा, स्वतन्त्रताको प्रश्नका आधार दस्तावेजको हिसाबले दस्तावेज नै हो । तर त्यसले स्ट्याटसका आधारमा ह्युमन राइट्सका प्रश्नलाई उल्लेख गरेको छ । तर, स्ट्याटसका आधारमा होइन, दास पनि समान मानव हुन्, बराबर अधिकार पाउनु पर्छ भनेर विद्रोहमा उत्रिने पहिलो उद्घोष स्पाटकसको नेतृत्वमा ग्रिसमा भएको विद्रोहले बताएको थियो । स्पाटाकासबाट जुन मानवीय चेतना प्रकट भएको थियो, त्यसलाई गी्रसका शासकहरुले दबाए, युरोपका शासकहरुले दबाए । त्यसकारण युरोपमा मानवीय समानताको कुरा आयो स्पाटाकसबाट आयो, उनका सहयोद्धा विद्रोहीबाट आयो तर युरोपियन एलाइट वर्ग, सचेत युरोपियन्सबाट, युरोपियन फिलोसफरहरुबाट त्यो जमानामा त्यस ढंगले आएन । जुन प्लेटोको समयमा भनिएको कुराहरु थियो, त्यही कुरा पनि पछि म्याग्नाकाटामा जन्मिदा सबै समान जन्मिन्छन् र पछि विभेद गरिन्छन् । मानिस राजनीतिक प्राणी हुन् र उनीहरुलाई राजनीतिक प्राणीको रुपमा व्यवहार गर्नु पर्दछ । यी कुराहरु प्लेटोले उहिले भनेका थिए । सुकरातका शिष्य प्लेटोले भनेका थिए । सत्य र न्यायको अबलम्वन गर । जे सत्य हो, सत्य भनेको सबै मानिस बराबर हुन् भन्ने नै हो । अधिकारका हिसाबले बराबर हुन् भन्ने । यो कुरा हाम्रा शास्त्रहरुमा उहिलेदेखि वर्णित छन् र पूर्वीय दर्शनमा पूर्वीय चिन्तन प्रणालीमा, पूर्वीय मूल्यमान्यताहरुमा यी कुराहरु धेरै अगाडिदेखि चलेर आएका छन् । इसापूर्व ७० को स्पाटाकस विद्रोह होइन, त्यसभन्दा अगाडिका अनेक समयहरुमा यी कुराहरु पूर्वीय दर्शन र पूर्वीय शास्त्रमा पाइन्छ । तर हामी कहाँ यी कुराहरु आइपुग्दा एकातिर शासकहरु अर्कातिर कुटोकोदालोमा अल्झिएका, कृषिमा अल्झिएका, जीविकामा अल्झिएका जनताका बीचमा यस्तो ग्याप रह्यो कि शासकहरुले जनतासम्म जुन कुरा आइपुग्दैन, त्यो कुरा आमरुपमा कार्यान्वयन भएको हुँदैन । त्यो शासकीय सुविधाका लागि मात्रै प्रयोग भएको हुन्छ । हाम्रोमा प्रेस स्वतन्त्रता शासकहरुले पनि प्रेस स्वतन्त्रताको कुरा छोड्दिऔं, प्रेसलाई, सञ्चारलाई उनीहरुले प्रयोग गर्न सकेका थिएनन् । मान्छे पठाउनु पर्दथ्यो । दार्चुला पठाउनु प¥यो भने तीन महिना लगाएर पठाउन पर्दथ्यो । ३ महिनाको छुट्टी दिएर एउटा चिठी पु¥याएर आउनका लागि । यसका लागि दौडाहरु दरवारबाट राजाहरुले पठाइरहन्थे । पछि राणा शासनमा पनि त्यो कुरा कायमै थियो । अर्थात् मैले यो सन्दर्भ भन्न खोजेको हामी कहाँ प्रेसको इतिहास लामो छैन र स्वभाविक रुपमा प्रेस स्वतन्त्रताको इतिहास पनि लामो छैन । २००७ सालको आन्दोलन पछि मात्रै हामी कहाँ प्रेस स्वतन्त्रताको अलिक बढी उपभोग हुन पाउने स्थिति बन्यो ।

नेपालमा प्रेसको इतिहास छोटो, प्रेस स्वतन्त्रताको इतिहास झन् छोटो

मकैको खेती काण्ड । रामेछापका कृष्णलालले मकैको खेती भन्ने नामको पुस्तक लेख्दा जेल जानु पर्यो । जेलमा मर्नु पर्यो । लक्ष्मीप्रसाद देवकोटाले लाइबे्ररी खोल्दा लाइब्रेरी पर्व भन्ने दण्ड सजाँय भोग्नु पर्ने स्थिति बन्यो । मोतिलालले लगभग २० वर्ष अगाडि नै प्रेस सुरु गर्दा वनारसमा सुरु गरेका थिए अथवा देशभित्र त्यो अवस्था, त्यो अवसर सम्भव थिएन । साधन स्रोतका हिसाबले सम्भव थिएन, चेतनाका हिसाबले सम्भव थिएन र सुविधाको हिसाबले, अधिकारका हिसाबले पनि सम्भव थिएन । त्यसकारण हामीले अहिलेभन्दा १३५ वर्ष अगाडि अलिकति प्रेसको रुपमा, छापाको रुपमा सुरु गर्दा वनारसबाट सुरु गर्नु परेको थियो भने अहिले भन्दा १२८ वर्ष अगाडि पहिलो प्रेस हाते प्रेस स्थापना गर्नुपर्दा पनि बाहिरै वनारसमै स्थापना गर्नु परेको थियो । मैले अघि नै भनेँ, पछि पद्म शमशेरले नेपालमा प्रेस स्थापना गरेर, गोरखापत्र प्रकाशित गरेर यसलाई संगठित गरेका थिए । पछि सञ्चार माध्यमको रुपमा तारणीप्रसाद कोइरालाले विराटनगरमा २००७ साल चैतमा रेडियो प्रजातन्त्र स्थापना गरेर सुरु गरेपछि, त्यसको परीक्षण अलिक अगाडि भएको थियो । हामी कहाँ प्रेसको इतिहास छोटो छ, प्रेस स्वतन्त्रताको इतिहास पनि छोटो छ । २००७ साल पछि बल्ल हामी कहाँ स्वतन्त्रतासम्बन्धी चेत बढ्न थाल्यो । त्यसभन्दा अगाडिका प्रयासहरुलाई राणा शासनले दबाएको थियो । आजकाल चाहीं राणा शासनलाई भन्ने चलन छ किनभने राजा महेन्द्रले राणा भनेका अत्यन्तै खराब हुन् भन्ने कुरा गरे । शाहहरुको विरोध गर्ने कोही भएन । नेपाली काँग्रेसले भागेको राजा फेरि काँधमा बोकेर सिंहासनमा राख्यो । राजाको विरोध गर्ने कुरा भएन । त्यसो भएपछि राजाको विरोध खास भएन । राजा भयो फेरि राजाको विरोध गर्यो भने दण्डनीय कुरा भयो । २०१९ सालको संविधानले त आकार प्रकार, चिन्ह, संकेत, इसारा वा कुनै हिसाबले पनि राजाको सम्बन्धमा राज परिवारको सन्दर्भमा, राजवंशको सम्बन्धमा, राजतन्त्रको सम्बन्धमा कुनै प्रकारको टिकाटिप्पणी वा आलोचनात्मक दृष्टिकोण राखिएको देखिएमा दण्डित गर्ने भन्ने व्यवस्था गर्यो ।

पर्चा छाप्दा हामीले अहिले जस्तो होइन, मैले आफैँले लिथो गरेर लिथोबाट निकालेको छु । हाम्रो समयमा आइपुग्दा खेरी लिथोसम्म उपलब्ध थियो । हाम्रो समयमा नेपालमा कप्युटर आइसकेको थिएन । लिथोबाट हामीले काम चलाउथ्यौं । टाइप राइटर थिएन । प्रिन्टर थिएन । स्टेनशील पेपरबाट निकाल्नु पर्दथ्यो । । पर्चा छाप्न हामी गोरखपुर जान्थ्यौं । २०४६ सालको आन्दोलन गर्दा पनि हामीले पर्चा छाप्दा पम्प्लेट छाप्दा पश्चिमतिरबाट गोरखपुर जाने चलन थियो । अर्को लखनउ जाने चलन थियो । पूर्वतिरबाट भन्ने हो भने वनारस जाने चलन थियो । यिनै केन्द्रहरु थिए, जहाँ गएर हामी प्रेसको प्रयोग गर्दथ्यौं । यो २०४६ सालसम्मको आन्दोलनको कुरा हो अथवा प्रेस स्वतन्त्रता थिएन तबसम्म । अलिकति दश वर्षको अवधि देखिन खोज्यो तर त्यो अवधि लोकतन्त्र के हो भनेर चिनेको, बुझिएको र त्यसलाई सही ढंगले प्रयोग गरिएको होइन । लोकतन्त्र भनेको म हो, मैले खाए लोकतन्त्रले खायो, मलाई राम्ररी आराम छ भने लोकतन्त्रलाई आराम छ । मलाई आराम छैन भने लोकतन्त्रलाई आराम छैन । यस्तो खासगरी लोकतन्त्रका संवाहक शक्तिमा अलिक देखा पर्यो । २०४६ सालपछि वास्तवमा प्रेस स्वतन्त्रता । हेर्नुस् त कति छोटो इतिहास छ । ३२ वर्षको जम्मा इतिहास । नेपालमा प्रेस स्वतन्त्रताको वास्तविक इतिहास भन्ने हो भने, प्रेसको, आधुनिक प्रेसको इतिहास भन्ने हो भने यद्यपि मैले भने आधुनिक प्रेसकै भन्नु पर्छ १९४३ मा मोतिराम भट्टले गरेको अथवा १९५० मा हाते प्रेस स्थापना गरेको अथवा पछि आएर विभिन्न पत्रपत्रिका प्रकाशन गरेको अथवा गोरखापत्रको प्रकाशन प्रारम्भ भएको जस्ता कुराहरुलाई नेपालको प्रेसमा छापिने कुरालाई विकसित भन्नु पर्छ । तर, त्यो प्रेस स्वतन्त्रताको कुरा थिएन । त्यो नियन्त्रित प्रेसको कुरा थियो । हाम्रोमा हामीले २०४८ सालको संसदलाई स्वतन्त्रताका हकहरु सुनिश्चित गर्ने संसदको रुपमा, त्यो भन्दा अगाडि संविधान निर्माण गर्ने सम्बन्धमा हाम्रो संलग्नताले त्यसलाई धेरै लोकतान्त्रिक बनाएको छ र त्यसभन्दा यता हामी स्वतन्त्रताका हकहरु, राजनीतिक हकहरु र अन्य विषयहरुमा पनि धेरै स्पस्ट भएका छौं । त्यसपछि बीचमा राजनीतिमा मात्रै ध्यान गएका समयहरु आए । अन्तरिम संविधानका समयहरु भनेको मुख्य कुरा राजनीतिमा ध्यान दिने, त्यसका लागि जेजे गर्न पनि बाँकी नराख्ने । प्रवृत्तिहरु कस्ता कस्ता देखिए भने जातीय आधारमा जनतालाई फुटाइ दिने, धर्मका आधारमा फुटाइदिने, भूगोलका आधारमा फुटाइ दिने, चेतनालाई एकतातिर होइन, अनेकतातिर, विभाजनतर्फ । सचेत हुनुको अर्थ राष्ट्रिय एकता एक हुनुपर्छ भन्यो भने त्यो सचेत होइन, मूर्ख ठहरिने । पहिचानको कुरा गर्न नजान्ने, सम्प्रदाय सम्प्रदाय विशेषका कुरा गरेर लडाइँको खेती गर्न नजान्ने, लडाइँको बिउ, द्वन्द्वको बिउ छर्न नजान्ने, नेपाललाई रुवाण्डा बनाउन नजान्ने पछौटेहरु रहेछन् भन्ने ठानिने । त्यसप्रकारका राजनीतिक स्वार्थका लागि अनेक प्रकारका प्रदुषित विचार, प्रवृत्ति र क्रियाकलापहरु हुने गरे । ती कुराहरुलाई पराजित गर्दै हामीले २०७२ सालमा नेपालको संविधान सभाबाट जारी गरेको संविधानले स्वतन्त्रताका हकहरुलाई थुप्रै व्यवस्थित गरेको छ ।

स्वतन्त्रताका नाममा छाडापन बढी

हाम्रो इतिहास छोटो भएपनि यत्तिको छोटो छ र हामीले यो छोटो अवधिमा आज प्रेस स्वतन्त्रता मात्रै होइन, प्रेस, सञ्चार, सामाजिक सञ्जाल, इन्टरनेट आदिका क्षेत्रमा हामी आवश्यकता भन्दा बढी अनियन्त्रित, अनुशासनहीन र छाडा भएका छौं । स्वतन्त्रताको अभावको स्थिति होइन, स्वतन्त्रता रहेको स्थिति छ । तर, त्यसको सदुपयोग गर्न नसकिरहेको स्थिति पनि देखिएको छ । त्यसकारण हामीले आजको सञ्चार क्षेत्रका उपलब्धिहरुलाई समाजका निम्ति सही ढंगले सदुपयोग गर्न सक्नु पर्दछ । यसको दुरुपयोग हुनुबाट रोक्नु पर्दछ । राष्ट्रको हितमा त्यो कुरा छ । यदि हामी भावी सन्ततीप्रति सचेत हुन सक्दैनौं, यदि राष्ट्रिय अभिभारा र उत्तरदायित्वप्रति सचेत हुन सक्दैनौं भने र हामी अधिकारको उपयोग गर्ने कुरामा अधिकारको पातो चाहिँ पल्ट्याँछौं तर कर्तव्य पालनाको सन्दर्भमा ध्यान दिँदैनौं भने त्यसले गम्भीर दुष्परिणाम ल्याउन सक्दछ, इन द नेम अफ फ्रिडम । त्यसमा हामी सर्तक हुनुपर्छ ।

नेपालको संविधानमा धारा १६ देखि ४८ सम्म, त्यसमा खास गरेर धारा १६ देखि ४६ धारासम्म ३१ वटा अधिकारको मात्रै व्याख्या गरेको छ । त्यो अधिकारको कसरी प्रयोग गर्ने एउटा धाराले भन्छ र ४८औं धाराले बल्ल नागरिकका कर्तव्य । शीर्षक चाहिँ छ मौलिक हक तथा कर्तव्य । हक चाहिँ हामीले ३१ वटा धारामा लेख्छौं, ३२ औं धारामा हामी के लेख्छौं, हाम्रो कर्तव्य पनि छ, त्यतापट्टि पनि ध्यान दिऔं है भनेर । पाउने के के ? प्रयोग गर्ने के के ? छाप्न पाइन्छ तोकेको छ, त्यो गर्न पाइन्छ तोकेको छ तर कर्तव्य चाहिँ के हो भन्ने कुरा हाम्रा मौलिक हक र कर्तव्यमा कर्तव्य चाहिँ के हो भन्ने कुरा उल्लेख छैन । कर्तव्य पनि छन् है हाम्रा पालना गर्नु पर्छ भन्ने मात्र छ । राष्ट्रिय एकता बनाउने त हाम्रो कर्तव्य रहला, राष्ट्रलाई एकजुट बनाउने हाम्रो कर्तव्य होला । हामी बहुजातिक, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त देशमा छौं । यस्तो देशमा विविधतामा एकता कायम गर्ने हाम्रो कर्तव्य होला । राष्ट्रलाई जोगाउने, राष्ट्रको गौरवपूर्ण इतिहासको रक्षा गर्ने, राष्ट्रको भूमिको रक्षा गर्ने, राष्ट्रलाई समृद्धितर्फ डो¥याउने, भ्रष्टाचार अन्त्य गर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, हामी विकासतिर लाग्नु पर्ने, शिक्षा स्वास्थ्यलाई ठीक ढंगले अगाडि बढाउनु पर्ने, हाम्रा नागरिकहरुलाई भावि सन्ततिलाई कसरी ठीक बनाउनु पर्ने, वातावरणको रक्षा हामीले गर्नु पर्ने, वातावरणीय सन्तुलन कायम गर्नु पर्ने र आज जुन वातावरणीय क्षेत्रमा असन्तुलन आइरहेको छ, ग्लोबल वार्मिङको समस्या भइरहेको छ, वातावरणमा विग्रह आइराखेको छ । ति चिजहरुको पनि रक्षा गर्ने र देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने हाम्रो कर्तव्य भन्ने डिटेलमा त्यो कुरा हामीले अलिक गरेका छैनौं । अथवा त्यति बेला हाम्रो अधिकार चाहिँ चाहियो कर्तव्य भन्ने कुरा चाहिँ त्यस्तै हो भन्ने पट्टी बढी गएको देखिन्छ र कर्तव्यतर्फ होइन, हाम्रो ध्यान अधिकारतर्फ मलाई लाग्छ, तपाईंहरुले पनि सोचेको कुरा अधिकार हो, तपाईंहरुले यहाँ गर्ने चर्चा पनि अधिकारको कुरा हो । मेरो सुझाव के छ भने अधिकारको सन्दर्भमा संविधानले काफी कुराहरु दिएको छ । हामी ती कुराहरु कसैले पनि खोस्न सक्दैन हाम्रा अधिकारहरु । त्यसकारण आजको आवश्यकता हो जिम्मेवार पनि हुनसक्नु पर्दछ ।

पित पत्रकारिता होइन,जिम्मेवार पत्रकारिता

जिम्मेवार अधिकार सम्पन्न पत्रकारितासँगै पित पत्रकारिता होइन, स्वार्थी पत्रकारिता होइन, गैरजिम्मेवार पत्रकारिता होइन, पित पत्रकारिता होइन । जिम्मेवार देशप्रति, जनताप्रति, सत्यप्रति, यथार्थप्रति, विकासप्रति लक्षित र जिम्मेवार पत्रकारिता आजको आवश्यकता हो । तपाईंहरुको यस अधिवेशनमा आज प्रेस जगतको आवश्यकता, प्रेस स्वतन्त्रताको आवश्यकता, प्रेस स्वतन्त्रता सम्बन्धी अवधारणा र विचार र व्यवहार के हो भन्ने आवश्यकताको सन्दर्भमा यहाँहरुले यी पक्षहरुमा ध्यान दिनुपर्छ र आजका आवश्यकता हाम्रा कर्तव्यहरु के हुन् र हामी कसरी अगाडि बढ्नु पर्छ ? अधिकार सम्पन्न प्रेस, जिम्मेवार प्रेस, कर्तव्यप्रति सजग प्रेस, अधिकारसम्पन्न, जिम्मेवार आफ्ना कर्तव्यप्रति सजग प्रेस, आजको अवस्थालाई सही ढंगले बुझ्ने र यस अवस्थाबाट अग्रगामी परिवर्तनतर्फ, राम्रा परिवर्तनतर्फ अगाडि बढाउन प्रेस, न्यायका निम्ति उभिने प्रेस, सत्यका निम्ति उभिने प्रेस…। आज एउटा टे«न के गइराखेको छ भने शास्त्रले पनि कलियुग भन्दिएको छ, कलियुग भनेपछि यस्तो हुन्छ रे, उस्तो हुन्छ रे भनेर एउटा कुरा म पत्रकार साथीहरुलाई के भन्न चाहन्छु भने यस्तो थियो आहा ! भन्ने बेकारको कुरा थियो । यस्तो थियो आहा भन्ने…सत्ययुग कस्तो थियो ? जंगली जमाना कस्तो हुन्छ ? कसैको सम्पति कसैले चोर्दैन्थ्यो, भए पो चोर्नु त । कसैसँग सम्पति थिएन त कसरी चोर्नु जंगली जमानामा । चोर लाग्दैन्थ्ये सत्य युगमा, कसैको घर कसैले फोर्दैन्थ्यो किनभने घर भए पो फोर्ने, सत्य युगमा । एउटा भ्रम के पालिनु हुँदैन भने सत्य युग भनेको मानिलिऔं के के न थियो, आहा थियो, रामराज्य भनेको कस्तो थियो ? आहा थियो । केके थियो त्यहाँ ? के इन्टरनेट फ्रि गर्दिएको थियो ? के थियो त ? त्यसो भएर यो के भ्रम पाल्नु हुन्न भने हाम्रा पूर्वजहरुले, हाम्रा पुर्खाहरुले समाजका लागि, मानव सभ्यताको विकासका लागि, मानज जीवनमा सुधार र सुविधा ल्याउनका लागि यसमा सकारात्मक परिवर्तन ल्याउनका लागि खोजअध्ययन, चिन्तन, मनन्, ध्यान, तपस्या अनेक चिज गरे, असाधारण योगदान गरे । खोजअध्ययन, अनुसन्धान, असाधारण गरे, खगोल, अन्तरीक्ष, ग्रह, तारा, नक्षेत्र गने, तिनको अवस्थिति गने, हेरे, तिनको गति र अवस्थितिको धर्तीमा पर्ने प्रभावलाई हेरे । त्यसो भएपछि मानव जातिमा पनि केही पर्छ होला प्रभाव भन्ने कुरा अनुमान गरे । ज्योतिषशास्त्र, गणितशास्त्र यो साधारण कुरा होइन । अक्षर,अंक, शुन्ना यी सबै आविष्कार गरे । विभिन्न शास्त्रहरुले आविष्कार गरे । औषधि विज्ञान आविष्कार गरे, गर्दै आए पछिल्लो समयमा ।

त्यसकारण आज हामी सबैभन्दा विकसित, सबैभन्दा सुविधासम्पन्न जमानामा छौं र मानवीय बुद्धिले भ्याएसम्मको लेटेस्ट मोडल आजको विकास हो र मानव विकासको सन्दर्भमा अझ अगाडि बढ्न चाहन्छ । हाम्रा अधिकार, हाम्रा कर्तव्यलाई अझ सन्तुलित गर्न चाहन्छ । अधिकारलाई पूर्ण रुपमा प्राप्त गर्न र यथार्थ रुपमा प्राप्त गर्न र तिनको सही सदुपयोग गर्न चाहन्छ र केही स्वार्थी तत्त्वहरुले यस्ता कुरालाई माड्छन् र बिथोल्छन् । यस्ता कुराहरुलाई दुरुपयोग पनि गर्छन । त्यस कुराबाट हामी सचेत मानिसहरुले होसियार हुनुपर्छ । हामी सबैभन्दा सचेत जमानामा छौं, सबैभन्दा बढी विकसित जमानामा छौं, सबैभन्दा बढी सुविधासम्पन्न जमानामा छौं र यो सुविधा, यो सचेतनता र विकास आजका निम्ति बढी सिस्टमटाइज गर्नुपर्दछ र यसलाई आधार बनाएर आज रहेका कमजोरी हटाउने र भोलिका निम्ति एउटा सुन्दर समाज निर्माण गर्ने । हामीले हाम्रा इतिहासका कुराहरुलाई, राम्रा पक्षहरुलाई, राम्रा खोजअध्ययन अनुसन्धानहरुलाई विगतदेखि अहिलेसम्मका मानवीय चेतनाका उत्कृष्ट नमुनाहरुलाई, उपलब्धिका उत्कृष्ट नमुनाहरुलाई हामीले ग्रहण गर्नुपर्दछ र तिनलाई समुचित प्रयोग गर्नु पर्दछ र आजका निम्ति र भविष्यका निम्ति ।

मरेपछि मलाई नसम्झिए पनि हुन्छ

मलाई एकजना पत्रकारले एउटा अन्तर्वातामा सोध्नु भएको थियो, आपूmलाई मरे पछि जनताले कसरी सम्झिउन भन्ने चाहनु हुन्छ तपाईं ? भनेर । मैले भनेँ, मरेपछि मलाई नसम्झिउन भन्ने चाहन्छु । आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिउन्, समाजका लागि काम गरुन्, देशका लागि काम गरुन्, अब मरिसकेको मान्छे सम्झिएर बेकारको समय बर्बाद । सम्झिएर एक घोगा मकै फल्छ ? एक बालो धान फल्छ ? एक मानो दूध आउँछ सम्झिएर ? केही हुन्छ सम्झिएर ? एउटा पूmल फुल्छ सम्झिएर ? सम्झिएर केही हुनेवाला छैन । त्यसकारण भविष्यका लागि काम गर, अतितमुखि नहोऔं, सम्झिने झन्झट छोड्दिउ त्यही भनेको हुनाले हो कि क्या हो आजकालै पूmलमाला आदि इत्यादि दिने जति आजै दिइहाल्छन् बरु साथीहरुले । मलाई मरे पछि सम्झिउन र समय बर्बाद गरुन् भन्ने इच्छा पनि छैन । मान्छेहरु मरेपछि मलाई राम्रो मान्छे भनेर सम्झिउन भन्छन् नि । किन सम्झिन प¥यो बेकारमा ? सम्झिएर के फाइदा छ ? भविष्यका निम्ति, आफ्ना सन्ततिका निम्ति, नयाँका निम्ति काम गर्नुस्, पछाडितिर फर्किन छोड्दिनुस् । हरेकले आगतमुखि हुनुपर्दछ र त्यसका निम्ति काम गर्नु पर्दछ ।

आजको सञ्चार क्षेत्रले सञ्चार क्षेत्रको देशका निम्ति, जनताका निम्ति, सुशासनका निम्ति, स्वच्छताका निम्ति, विकासका निम्ति, वातावरणीय सन्तुलनका निम्ति, वातावरण सुरक्षाका निम्ति, वातावरणमा अनुकूलता ल्याउनका निम्ति, पर्यावरणीय सन्तुलन कायम राख्नका निम्ति र त्यसको अभिवृद्धि गर्नका निम्ति, वैज्ञानिक खोज, अध्ययन अनुसन्धानका निम्ति आपूmलाई लगाऔं । आजको प्रेसको आवश्यकता यो हो । मानिसलाई आज देशको मात्रै कुरा रहेन, आज हामीले प्रकाशित गरेको पत्रिकाको मात्रै कुरा रहेन, आज हामी विद्युतीय मिडियाको जमानामा छौं, सामाजिक सञ्जालको दुनियाँमा छौं । आज एउटा ट्विट गर्दा दुनियाँभरी एकैचोटी पुग्छ, फेसबुक लेख्दा दुनियाँभरी एकैचोटी पुग्छ । त्यसकारण हामीले यस्तो चिज मात्रै बोल्ने अभ्यास गरौं, ट्विट गर्दा यस्तो गरौं, जो सही, उचित, आवश्यक हुन सकोस्, अनावश्यक नहोस् । हाम्रो फेसबुक स्टाटसले राम्रो कुरा देओस् ।

हाम्रो समय यति महत्वपूर्ण छ, यति मूल्यवान् छ एकएक पल गरेर जिन्दगी बन्छ । जन्मिएदेखि मृत्युसम्मको बीचको अवधिलाई हामी जीवन भन्छौं, जिन्दगी भन्छौं । लाइफ भनेकै त्यही हो । त्यो समय, त्यति अवधि कति छोटो त विचार गर्नुस् त ! एउटा पहाड जति पनि बाँचिँदैन, एउटा खोला जति पनि बाँचिँदैन । त्यो त छोड्दिनुस्, एउटा रुख जति पनि बाँचिँदैन । कति छोटो छ जिन्दगी ? तसर्थ यति छोटो जिन्दगीका पलहरुलाई हामीले समुचित ढंगले, उपयोगी ढंगले, सकारात्मक ढंगले, परिणाम दिने ढंगले प्रयोग गर्नु पर्दछ । हामीले उत्पादनमूलक ढंगले र हाम्रो लेखाइले, हाम्रो स्टाटसले, हाम्रो युट्युबले केहीले, हामीले बनाएको टिकटकले समय अरुको पनि बर्बाद अरुको नि नगर्दियोस् बरु त्यसले अरुलाई केही ज्ञान देओस् । नत्रभने के अर्थ ? तसर्थ हामीले हाम्रो समयको सदुपयोग गर्नु पर्यो, हाम्रो बुद्धिको सदुपयोग गर्नु पर्यो, हाम्रो माध्यमको सदुपयोग गर्नु पर्यो । हाम्रो ज्ञानको सदुपयोग गर्नु पर्यो । हामीले हाम्रो माध्यम केही स्थापन गरेका छौं, केही छ भने त्यस मिडियालाई सदुपयोग गरौं । हाम्रो कलमको सदुपयोग गरौं, हाम्रो टाइपको सदुपयोग गरौं । त्यसो गरेपछि धेरै टाइप गर्न पनि नपर्ला । मेरो हात बिरामी भएर औला पनि टेडोटेडो भइराखेको छ, टाइप गर्न अप्ठ्यारो छ । म त्यो पर्खिराखेको छु ।

हामीले हाम्रो समयको सबै चिजको सदुपयोग देशका लागि हुनुपर्यो, समाजका लागि हुनुपर्यो, जनताका लागि हुनुपर्यो, परिवर्तनका लागि हुनुपर्यो, परिवारका लागि हुनुपर्यो, छोराछोरीका लागि हुनुपर्यो, नातिनातिनीका लागि हुनुपर्यो, भाइबहिनीका लागि हुनुपर्यो, आमाबुबाका लागि हुनुपर्यो, हजुर बा, हजुर आमाका लागि हुनुपर्यो, साथीभाइका लागि हुनुपर्यो, सकारात्मक हुनुपर्यो । उपलब्धिपूर्ण हुनुपर्यो । त्यस ढंगले प्रयोग गर्नु पर्दछ ।

नेपाली प्रेसका बारेमा डाबोसमा प्रश्न

नेपालको प्रेसको सम्बन्धमा, प्रेस स्वतन्त्रताको सम्बन्धमा मलाई डावोसमा पनि प्रश्न गरिएको थियो । मैले त्यसबेला भनेको थिएँ, हामी प्रेस स्वतन्त्रताको सम्पूर्ण रुपमा कदर गर्दछौं, तर स्वतन्त्रताका नाममा पित पत्रकारिता, झुट पत्रकारिता, बेइमानी पत्रकारिता, देशका विरुद्धको पत्रकारिता, पेइड पत्रकारिता, मिसन पत्रकारिताका नाममा जो बद्मासी हुने गरेको छ, यस्ता कुराहरुको म पक्षमा छैन । यो सबै पत्रकारितालाई संक्षेपमा भन्ने हो भने एल्लो जर्नालिजमभित्र हाल्दिए हुन्छ । गलत पत्रकारितालाई एल्लो जर्नालिजम, झुट, बेइमानी, फरेव, पेइड जर्नालिजम । विवेकको जर्नालिजम होइन, निष्ठाको जर्नालिजम होइन, कर्तव्यको जर्नालिजम होइन । त्यसप्रकारको जर्नालिजम जो विकास विरोधी छ, सत्य विरोधी छ । यस्तो खालको पत्रकारिता त्यो विल्कूलै गलत हो, अनुपयुक्त हो र हाम्रा लागि उपयुक्त छैन ।

अर्को कुरा मैले अघि प्लेटोको सन्दर्भमा पनि कुरा गरेको थिंए । प्लेटोले मानिस राजनीतिक प्राणी हो भनेर अहिलेभन्दा लगभग २५ सय वर्ष अगाडि भनेका थिए । त्यससँग त्यसैगरी डिल गरिनु पर्छ । व्यवहार गरिनु पर्छ । हामी राजनीतिक प्राणी हौं । आजको २१औं शताब्दीको लगभग चौथाइ अवधि समाप्त हुन लाग्दाका मानिस हौं हामी । चेतनाको विकासको अवधारणाको यहाँ पुग्दाको यस समयका, यस जमानाका मानिस हौं हामी । त्यसकारण हामीले त्यसै अनुसारकै व्यवहार गर्छाैं र त्यसअनुसारका त्यो भनेको सबैसँग राम्रो हुने होइन । यु कान्ट फिजिज एभ्रिवान् । हरेकलाई तपाईं खुशी पार्न सक्नु हुन्न । गलत उद्देश्य बोकेको छ, तपाईं परमादेशको समर्थन गर्न सक्नु हुन्छ ? हामीले लडेर लोकतन्त्र ल्यायौं, त्यसको मजाक उडाएको छ । आज संविधानको मजाक उडाएको छ । जनादेशको माखोल उडाएको छ, जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाएको छ, सेटिंगमा सबै काम भइरहेको छ । यी कुरा लोकतन्त्रको पक्षमा होइन ।

एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ । एउटा इमेल आउँछ अमेरिकाबाट । केपी ओलीको सरकार ढाल्नु नै थियो । ढाल्नु नै थियो, नढाली भएको थिएन । किन ? न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? होइन, त्यहाँनिर वर्गीय पूर्वाग्रह, दुराग्रह र विकास विरोधी एउटा षडयन्त्रको हिस्सेदार भएर, त्यसप्रकारको काम भएको थियो भन्ने कुरा त्यस इमेलले बताउँछ । ढाल्नै पर्दथ्यो, संविधानले त्यो दिँदैन्थ्यो, त्यसकारण संविधानभन्दा बाहिर गएर पनि ढाल्न परेको थियो । संविधान बाहिर गइगइकन हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौं अथवा एउटा जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छौं । नभएको अधिकार, अदालतले दुनियाँमा कहीँ सरकार बनाउने र परिवर्तन गर्ने गर्दैन । त्यो संसदको काम हो । जनप्रतिनिधिहरुको काम हो । त्यो अदालतले गर्दैन, तर नेपालमा ……।

एक पटक एक जनाले भनेका थिए, गोरु ब्याउँदैन । नेपालको सर्वोच्च अदालतमा ब्यायो भनेर उहिले भनेका थिए २०५२ सालमा । अहिले गोरु ब्यायो मात्रै होइन, पाँचवटा बाच्छा पायो सर्वोच्च अदालतमा । जुन गठबन्धन भन्ने छ नि । तपाईंले हरेकलाई खुशी पार्न सक्नु हुन्न । तपाईंले सत्य बोल्ने हो, सत्य बोक्ने हो, सत्य धारण गर्ने हो । सत्य लिएर अगाडि बढ्नुस्, हरेकलाई खुशी पार्न नखोज्नुस् । त्यो सम्भव छैन ।

सोभरेन्टी इज इक्वयल

अहिले राष्ट्रिय राजनीति दुईतिर बाँढिएको छ । देशभक्तिको पक्षमा, नेपालको अधिकार दुवै छिमेकबाट हामी समुन्द्रसम्म पुग्न पाउने, विश्वसँग परिचित हुन पाउने, विश्वसँग सम्बन्ध गाँस्न पाउने अधिकारको हाम्रो पक्षमा, हाम्रो गुमेको जमिन फिर्ता ल्याउने त्यस पक्षमा । हाम्रो स्वाधीनता पूर्खाले लडेर बचाए । त्यसलाई कायम राख्छौं र हामी स्वतन्त्र छौं आप्mना निर्णयहरु गर्न भन्ने अधिकार कायम राख्न । र, हामी हाम्रो राष्ट्रिय स्वाभिमान । होला हामी अलिक गरिब होउँला । एउटा सुलोचना भन्ने महाकाव्य लेख्छन् लक्ष्मीप्रसाद देवकोटाले । त्यो प्रसिद्ध छ दश दिनमा लेखेको महाकाव्य भनेर । महाकाव्य दश दिनमा लेखिने कुरा होइन तर सुलोचना महाकाव्य लक्ष्मीप्रसाद देवकोटाबाट दश दिनमा लेखिएको छ । त्यसमा अनंग भन्ने एउटा पात्र हुन्छ । त्यो अनंगलाई एउटा त्यहाँको काजी खानदानको, कुनै राणा खानदानको, दरवारीया खानदानको कसैले हेपेर बोल्छ । त्यो अनंग भनेको बाहुन हुन्छ, विचरा टुप्पी पालेर हिँडेको लिखुरे बाहुन । त्यसलाई काजी खानदानकोले हप्काउँछ । अनि अनंगले जोसिएर भन्छ, “म आफ्नो घरको राजा झुपडी नै भएपनि” । उसले जवाफ दिन्छ, त कन्दने होस्, भान्छे बाहुन भन्छ, यस्तो उस्तो भनेर अनेक भन्छ । अनि अनंगले भन्छ, “ म तिम्रो कन्दने होइन, म भान्छे बाहुन होइन, म आफ्नो घरको राजा झुपडी नै भएपनि” । हामी हाम्रो देशका सोभरेन्ट जनता होऔं, सानो देश भए पनि, गरिब देश भए पनि सोभरेन्टी इज इक्वयल । त्यसकारण यसमा हामी तलमाथि हुन दिँदैनौं, तलमाथि गर्दैनौं, सोभरेन्टी इज इक्वयल ।

अब त्यस हिसाबले आज हामीले देश कसरी बनाउने ? दुई धारमा राजनीति छ । दुई धारमा राजनीतिक शक्तिहरु बाँडिएका छन् । एउटा लोकतन्त्रको पक्षमा, एउटा फरेबतन्त्र, जालझेल, षड्यन्त्र, तिकडम, मुद्दा, मामिला यसको पक्षमा । जाली फटाहहरुको जाली फटाह राजनीति एउटा, जनराजनीति अर्को । राष्ट्र निर्माणको राजनीति एउटा, भत्काउने, बिगार्ने राजनीति अर्को । देशको अर्थतन्त्र अब कस्तो हुँदैछ ? विचार गर्नुस् त । देशको अर्थतन्त्र ध्वस्त हुँदैछ । त्यसो भएर हामीले दृढतापूर्वक देशको राजनीति बिग्रिन नदिन कति हामीले बलिदान दिने, कति रगत बगाउने ? अब बलिदान दिने होइन, हामी बलिदान नदिइकनका संघर्ष र दवाबबाट र खासगरी निर्वाचनका माध्यमबाट नै हामी अब सडकमा गइरहनु पर्ने धेरै अवस्थामा पनि छैनौं । हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौं । किनभने महान् जनताको साथ हामीलाई छ । महान् जनतालाई भ्रममा पार्ने, अलमलमा पार्ने, वर्गल्याउने, गलत कुरा जनतामा सम्प्रेषण गर्ने, गलत कुरा जनतालाई बताउने षडयन्त्रहरु भइरहेका छन् । तिनलाई चिर्ने काम तपाईंहरुको हो । के के सही छुट्याउनु होस्, केके गलत छुट्याउनुस् । गलतको खण्डन गर्नुस्, सहीलाई समर्थन गर्नुस् । सही कुरा अंगिकार गर्नुस्, सहीको संवाहक भएर अगाडि बढ्नुस् । सत्यको संवाहक हुनुस् ।

केपी ओलीलाई तपाईंको मिडियाले आलोचना गरेन नि

अहिले परिभाषा कस्तो भएको छ भने– केपी ओलीलाई तपाईंको मिडियाले त आलोचना नै गरेन नि । तपाईंको मिडियाले केपी ओलीलाई आलोचना नै गरेन । यसको मतलब तपाईं निष्पक्ष हुनुहुन्न । अलिकति आलोचनात्मक चेत भएका अहिले त्यो निकालेका छन् । आलोचनात्मक चेत भएका भनेको एमालेको विरोध गर्नुपर्ने । एमालेको विरोध गर्नेहरु परमादेशीहरु आलोचनात्मक चेत भएका हुने भए । चुच्चे नक्सा छापेको विरोध गर्नेहरु आलोचनात्मक चेत भएका, धरहरा बनेकोमा टाउको दुख्नेहरु आलोचनात्मक चेत भएका, रानीपोखरी बनेकोमा टाउको दुख्नेहरु आलोचनात्मक चेत भएका, सही बाटोमा देशलाई अगाडि बढाऔं, विकासको बाटोमा अगाडि बढाऔं भनेर समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा बोकेर, त्यो आकांक्षा सैद्धान्तिक रुपमा मात्रै होइन, व्यवहारिक रुपमा कार्यान्वयन गर्दै अगाडि बढ्नेहरु आलोचनात्मक चेत नभएका, त्यसको विरोध गर्नेहरु आलोचनात्मक चेत भएका । खोई त केपी ओलीको विरोध ? एमालेको विरोध खोई तपाईंको मिडियामा ? यो त एकपक्षीय भयो भन्ने । परमादेशीहरुको पक्षमा खुरुखुरु लेख्दाखेरी बुद्धिजीवि हुन्छ । परमादेशीहरुको अलिकति आलोचना गर्यो भने बुद्धिजीवि भएर यो त सुहाएन है, एकपक्षीय देखियो तपाईंको भन्ने । यस खालका बौद्धिक दिवालीयापन अथवा बौद्धिक बिकाउ प्रवृत्ति यस्ता कुराहरुबाट तपाईंहरु जोगिनु पर्दछ र तपाईंहरुले साहस देखाउनु पर्दछ । हिम्मत देखाउनु पर्दछ । आफैँ भ्रममुक्त हुनुभयो भने मात्रै तपाईंहरुले अरुलाई भ्रममुक्त गराउन सक्नुहुन्छ । त्यसकारण म आग्रह गर्न चाहन्छु, तपाईंहरु आपूm भ्रममुक्त हुनुहोस् र अगाडि बढ्नुस् ।

कताका जंगेहरु कताका बुंगे भए

यो एउटा राष्ट्रिय अभियान हो । हामी राष्ट्रिय अभियानको सन्दर्भमा छौं । यस सन्दर्भमा तपाईं हामी हरेक योद्धा हौं । यस राष्ट्र निर्माणको, राष्ट्रिय विकासको अग्रगामी परिवर्तनको, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने यस अभियानका हामी हरेक पात्रहरु, जोजो यसमा सरिक हुन्छ, त्यो राष्ट्र निर्माणको एउटा अभियन्ता हो । हाम्रो साथीहरु यसमा सरिक हुनुपर्दछ, अरुलाई पनि सरिक गराउनु पर्दछ । तपाईंहरु यो भूमिका पूरा गर्नुपर्छ । यो भूमिका तपाईंहरु कसरी पूरा गर्न सक्नु हुन्छ भन्दा विचारमा एकताबद्ध हुनुस्, विचारमा एकताबद्ध भएपछि यो संगठन केका लागि ? यो संगठन बनाएर तपाईंलाई कुनै भत्ता आउँदैन । यो संगठनको सदस्य, पदाधिकारी भएर भत्ता आउँदैन । तर, यो संगठनमा भएर तपाईंहरुले भत्ताखोर होइन, राष्ट्रिय जिम्मेवारी बहन गर्न सक्नु हुन्छ । त्यसकारण यो संगठनमा आबद्ध हुनुस् । आबद्ध हुनुको कारण के हो भन्दा तपाईंहरु जनतालाई भ्रममुक्त गराउने, सही मार्ग देखाउने, सही सूचना सम्प्रेषण गर्ने, जे कमीकमजोरी छन्, त्यो देखाउने, जे विकास भएको छ, जे राम्रा कुराहरु भएका छन्, त्यो प्रस्तुत गर्ने ती कामहरु तपाईंहरु गर्न सक्नु हुन्छ । त्यो एकताबद्ध भएर गर्न सक्नु हुन्छ । तपाईंहरुको यस सम्मेलनले एकताको त्यो सन्देश दिनुपर्छ । हामीसँग सरकार थियो झण्डै दुई तिहाइको । प्रचण्डलाई दशा लाग्यो, माधब नेपाललाई दशा लाग्यो । सरकार ढालेर गएर अहिले हेर्नुस् त विचराहरु ढोका बाहिर गएर पर्खिएर बसेका हुन्छन् टुक्रुक्क परेर । ढोका बाहिर पर्खिएर बसेका हुन्छन् भित्रबाट प्रसाद बाढ्न आउँछ कि भनेर । कताका जंगेहरु कताका बुंगे भए अहिले । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरुले त्यसरी बुद्धि बिगार्नु हुँदैन । तपाईंहरु एकजुट हुनुपर्दछ, एकताबद्ध हुनुपर्दछ । तपाईंहरुको सम्पूर्ण प्रयास विचारहरु एकताबद्ध प्रयासबाट अगाडि बढाउनु पर्दछ ।

अब तपाईंहरुको यस अधिवेशनले राम्रो नेतृत्व छानोस्, राम्रा विचार समीक्षा गरोस् । तपाईंहरुको बीचमा काम गर्न नपाउने अवस्था पनि रह्यो । त्यो कुरा हामीले बुझेका छौं । काम गर्नै नपाउने स्थिति पनि रह्यो । हामीले नेतृत्व उपयुक्त मान्छेलाई छोडेनौं, बेठीक मान्छेलाई नेतृत्व दिनु पर्योे । जसले गर्दा अधिवेशनभन्दा पछि अहिलेसम्मको अवधि हामीले अभिछिन्न लिड गर्न पनि पाएनौं । त्यसमा अनेक षडयन्त्र, प्रपञ्चका हिस्सेदार भएका खालका मान्छेहरुले यस संगठनको लिड गर्नुपर्ने । यस जगतको लिड गर्नुपर्ने त्यो परिस्थिति हाम्रो अगाडि आउँदाखेरी काममा व्यवधान भयो । एक रफ्तारमा न पार्टी हिँड्यो, न पार्टीका जनवर्गीय संगठन हिँडे न पेशागत र सामुदायिक संगठन हिँडे । तसर्थ हामी एउटा सांगठनिक अन्योल, सांगठनिक अराजकता र निष्कृयताको जमानामा फस्यौं । बीचको परिस्थिति त्यो रह्यो । हामीले ती कुराहरुबाट सिकेर, अब त्यस्तो निष्कृयता, अन्योल वा कुनै प्रकारको अलमलमा फस्ने होइन, एकताबद्ध भएर आफ्ना उद्देश्यमा अगाडि बढ्ने । आफ्नो गन्तव्यतर्फ अगाडि बढ्ने, सही मार्गबाट अगाडि बढ्ने, यी कामहरु तपाईंहरुले गर्नुपर्दछ र त्यो कामलाई संयोजन गर्न उपर्युक्त नेतृत्वको टिम बनोस् भन्ने म आग्रह गर्न चाहन्छु ।

तपाईंहरुको अधिवेशनले यी सबै कुराहरुलाई संयोजन गरेर अगाडि बढ्ने छ भन्ने म ठान्छु । यद्यपि मैले तपाईंहरु कहाँ प्रेसको इतिहास, सञ्चारको इतिहास, नेपालमा सञ्चारको इतिहास, प्रेसको इतिहास वा विश्वमै प्रेस जगतको बारे धेरै भनिरहनु पर्ने होइन । किनभने तपाईंहरु यसै क्षेत्रमा काम गरिरहनु भएको हुनाले तपाईंहरुले यस सम्बन्धमा पर्याप्त अध्ययन गर्नु भएको होला । तैपनि हामी यस्तो पृष्ठभूमिबाट आएका छौं र अब यसरी अगाडि जानुपर्छ भन्ने कुराको एक झलक बताउनु वाञ्छनीय हुन्छ भनेर मैले बताएको हुँ । तपाईंहरुलाई धेरैधेरै शुभकामना छ । तपाईंहरुको अधिवेशन सफल रहोस्, आफ्ना उद्देश्यहरुमा सफल रहोस् । धन्यवाद !

(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवौं महाधिवेशन उद्घाटनका क्रममा २७ फागुन २०७८ मा पोखरामा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)