प्रचण्डलाई कहाँबाट चुनाव लड्ने भन्ने निर्वाचन क्षेत्रको तनाव

काठमाडौं ।    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आफ्नो भन्ने निर्वाचन क्षेत्र यही हो भन्ने निश्चित नै छैन । आफ्नो प्रभाव क्षेत्र भएको मात्र होइन, जित्ने सुनिश्चित भएको निर्वाचन क्षेत्र नभएकोले उनी हरेक निर्वाचनमा फरकफरक निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका छन् ।

अहिले पनि जित निश्चित भएको निर्वाचन क्षेत्रको खोजीमा रहेका छन् । राजनीतिक वृत्तमा चलेको चर्चा अनुसार, प्रचण्ड चितवनमा अहिले चुनाव जित्नका लागि गा¥हो हुने भएपछि सुरक्षित क्षेत्रको खोजीमा लागेका हुन् ।

चितवनमा अहिलेको निर्वाचन क्षेत्रमा माओवादीको प्रभाव केही भएको क्षेत्र हो । प्रचण्डको निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाको केही भाग र माडी नगरपालिका पर्छन् ।

अहिले पूर्वी रुकुमकाे यो क्षेत्रबाट ११ जना केन्द्रीय सदस्य भएको पनि बताइन्छ । यता, सिन्धुली २ मा भने हरिबोल गजुरेलको स्थानमा प्रचण्ड उठ्न सक्ने बताइन्छ । गजुरेल तराईको जिल्लामा झरेर प्रचण्ड उक्त क्षेत्रमा उठ्न सक्ने बताइन्छ ।

भरतपुरमा प्रचण्डकै छोरी रेणु दाहाल मेयर छिन् भने माडीमा पनि माओवादीले मेयर जितेको थियो । त्यसैले तुलनात्मक रुपमा प्रचण्डका लागि चितवन प्रभावमा रहेको क्षेत्र हो तर राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एमाले प्रवेश गरेर टिकट लिने वा एमालेको सहयोगमा चुनाव लड्ने भन्ने विकल्पमा छलफल गरिरहेका छन् ।

प्रचण्डसँगै चुनाव लड्ने पाण्डेको प्रभाव पनि निकै रहेको छ । राप्रपाका भोटमा एमालेको साथ पाएको अवस्थामा प्रचण्डलाई हराउन पर्याप्त हुने विश्लेषण भइरहेको छ ।

पाण्डे एमालेको महाधिवेशनकै बेलामा प्रवेश गर्न खोजेका थिए तर सत्तामा कांग्रेस भएकोले आफ्नो विजनेशमा समस्या पर्ने भनेर पाण्डे तत्कालका लागि हच्किएको चर्चा एमाले महाधिवेशन स्थलमा हुने गरेको थियो ।

त्यतिमात्र होइन्, पाण्डेसँग सहकार्य नभएको अवस्थामा एमालेले प्रचण्डकै सहकर्मी रामबहादुर थापा बादललाई चुनाव लडाउन खोजिरहेको छ । त्यसैले प्रचण्डले अहिले निर्वाचन क्षेत्रमा आफ्नो सुरक्षाको दृष्टिकोणले तनाबमा रहेको माओवादी नेताहरुको भनाइ छ ।

प्रचण्डले चुनावमा चितवनमा जित्ने स्थिति नआएमा विकल्प खोज्ने चर्चा सुरु भएको छ । प्रचण्डले त्यसका लागि दुईवटा मजबुत क्षेत्रमा आँखा लगाएको चर्चा पनि हुने गरेको छ । प्रचण्डले पूर्वी रुकुम र सिन्धुलीको दुई नम्बर क्षेत्रमा सहज हुने अनुमान पनि लगाएका छन् । पूर्वी रुकुम माओवादीको प्रभाव क्षेत्र हो ।

यो क्षेत्रबाट कमला रोका सांसद छिन् । यो क्षेत्रमा नेताहरुमध्ये अधिकांशले केन्द्रीय नेतृत्वसँग बलियो पकड बनाउन नसकेका कारण धेरै काम पनि भएको छैन । पश्चिम रुकुममा भने जनार्दन शर्माले व्यापक प्रभाव बढाएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीको एकल वर्चश्व भएको जिल्लाका रुपमा उभ्याएका छन् ।

एमालेले धनकुटालाई अन्य पार्टीलाई शून्य बनाएजस्तै माओवादीले पश्चिम रुकुमलाई एकलौटी बनाएका थिए । त्यसैले पूर्वी रुकुम भने कमला रोका, गणेशमान पुनको प्रभाव कमजोर भएका कारण खासै प्रगति हुन सकेको छैन । त्यही कारण प्रचण्डले यो क्षेत्रमा आँखा लगाएको चर्चा हुने गरेको छ ।

अहिले पूर्वी रुकुमकाे यो क्षेत्रबाट ११ जना केन्द्रीय सदस्य भएको पनि बताइन्छ । यता, सिन्धुली २ मा भने हरिबोल गजुरेलको स्थानमा प्रचण्ड उठ्न सक्ने बताइन्छ । गजुरेल तराईको जिल्लामा झरेर प्रचण्ड उक्त क्षेत्रमा उठ्न सक्ने बताइन्छ ।

जनमोर्चा कालदेखि नै प्रभाव रहेको यो क्षेत्रमा माओवादीको प्रभावले चुनाव जित्ने क्षेत्रका रुपमा रहेको छ । भरसक चितवन छोड्न नपरोस् भन्नेमा भने प्रचण्ड अहिले पनि प्रयासरत रहेको माअ‍ोवादी स्रोतहरुको भनाइ छ । त्यसका लागि स्थानीय तहको निर्वाचनमा अहिले पनि आफ्नै पार्टीलाई जिताउने प्रयास पनि गरिरहेका छन् ।