रंगेलीमा भिषण आगलागी

रबिन्द्र बराल

चैत्र ४ शुक्रबार / मोरङ रंगेली नगरपालिका ५ आँपगाछीमा आगलागी हुदा एउटा घर जलेर नष्ट भएको छ । दिगम्बर मण्डलको घरमा काे २ तले ५ कोठे घरमा आगलागी भएको हाे । बिधुत सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । आगो लागी हुदा घर पुर्ण रुपमा जलेर क्षति भएको छ।

घर धनिको अनुसार नगद पाँच लाख रुपैयाँ , १६ ताेला सुन, ५० ताेला चाँदी, अन्नपात, लत्ता कपडा, भाडावर्तन ३८ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगाे नियन्त्रणका लागि नेपाल प्रहरी , रंगेली काे दमकल, कानेपोखरी को दमल ,ससस्त्र प्रहरी र स्थानिय को सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।