आधुनिक बहुउद्देश्यीयको प्रथम साधारणसभा सम्पन्न

रबिन्द्र बराल

चैत्र ५ शनिबार / हाम्रो बहुउद्देश्यीय सहकारीको चाहना आधुनिक समृद्ध समाजको सृजना भन्ने मुल नारा काे साथ आधुनिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ। रंगेली नगरपालिका ५ स्थित जनता माध्यमिक बिधालय बहुवान काे प्राङ्गणमा सहकारीले आफ्नो साधारणसभा गरेको छ। सो अवसरमा सस्थाले कार्यक्रममा प्रमुख अतिथि , बिष्ट अतिथि सेयर सदस्य लगायत लाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी रंगेली नगरपालिका का मेयर दिलीप अग्रवाल , विशिष्ट अतिथि उपमेयर केशव कुमारी खराल, बडा अध्यक्ष महानन्द मंण्डल , बुद्धिजीवी लगायत विभिन्न संस्था का प्रतिनिधि हरुकाे समेत उपस्थिति रहेको थियोे । कार्यक्रममा संबाेधन गर्दैअतिथि हरु ले गाउँ घरमा रहेको सहकारी ले गरिव र अार्थिक स्थित न्यून भएको घरपरिवार लाई सस्तो व्याजदर का ऋिण उपलब्ध गराएकाे मा धन्यवाद समेत दिएका छन । सहकारी का अध्यक्ष प्रविन कुमार मण्डल काे अध्यक्षता ७ सदस्य समिति समेत गठन गरिएको मंण्डल ले बताए ।