विमानस्थललमा बबाल, सिल्क एयरको विमानबाट यात्रु ओर्लिन दिइएन

काठमाडौं । प्रतिबन्धित मुलुकको यात्रु लिएर सिल्क एयरको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि तनाव भएको छ ।
विमानले कोरोना भाइरस संक्रमित मुलुक भनेर नेपाल सरकारले किटानी गरेको नेदरल्याण्डको एक नागरिक समेत ल्याएपछि विमानस्थल अधिकारीले कुनैपनि यात्रुलाई ओर्लन नदिएका हुन् ।

सिंगापुरबाट शनिबार साँझ आएको सो विमानलाई अहिले सिंगापुरनै यात्रुसहित फर्काउन लागिएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार, प्रतिबन्ध लगाइएको मुलुकका नागरिक लिएर आएको विमान सिंगापुर फिर्ता पठाउन लागिएको हो । शनिबार राति ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण विमान अवतरण गरेको थियो ।
विमानलाई इन्धन भरेर फिर्ता पठाउन लागिएको छ ।