भारतले आफ्नो सबैभन्दा अत्याधुनिक मिसाइलको प्रविधि झुक्किएर पाकिस्तानलाई दियो

काठमाडौं। भारतले आफ्नो सबैभन्दा उन्नत मिर्साल ‘ब्रह्मोस’को प्रविधि झुक्किएर पाकिस्तानलाई दिएको छ । गएको मार्च ९ मा भारतको एउटा फिसाइल गल्तीवश फायर भएर पाकिस्तानमा पुगेको थियो । यो मिसाइल भारतको सबेभन्दा अत्याधुनिक सुपरसोनिक मिसाइल ब्रह्मोस भएको बताइएको छ । अब पाकिस्तानले यो मिसाइलको ‘रिभर्स इन्जिनियरिङ’ गरेर सुपरसोनिक मिसाइल प्रविधि विकास गर्न सक्ने विज्ञहरुले बताएका छन् ।

पाकिस्तानले यसअघि पनि अत्याधुनिक मिसाइलको रिभर्स इन्जिनियरिङ गरेर आफूले नयाँ मिसाइल विकास गरेको छ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले २०२० को अक्टोबरमा लण्डनमा पत्रकारहरुलाई बताएअनुसार १९९८ मा अमेरिकाले अफगानिस्तानमा टमहक क्रुज मिसाइल हानेको थियो । तर, यी मिसाइलमध्ये केही मिसाइल पाकिस्तानको बलुचिस्तानमा खसे । यी मिसाइलको रिभर्स इन्जिनियरिङ गरेर पाकिस्तानले २००५ मा बाबर मिसाइलको सफल परीक्षण गरेको थियो ।

रिभर्स इन्जिनियरिङ त्यो पद्धति हो जसमा कुनै पनि मेसिनका सबै भागलाई अलग–अलग गरेर त्यसको संरचनाको अध्ययन गरिन्छ र त्यसका आधारमा त्यसको नक्कल गरिन्छ । १९९८ मा अमेरिकाले हानेको टमकह क्रुज मिसाइलको हकमा त्यतिबेला कैयौं विशेषज्ञले पाकिस्तानले यसको रिभर्स इन्जिनियरिङ गर्न नसक्ने ठानेका थिए । तर, २००५ को अगष्ट ११ मा पाकिस्तानले बाबर क्रुज मिसाइलको सफल परीक्षण गर्यो । त्यतिबेला क्रुज मिसाइल पाकिस्तानसहित सीमित देशसँग मात्र थियो ।

अहिले भारतको सुपरसोनिक मिसाइल पाकिस्तानको पंजाब प्रान्तको चन्नुमा खसेको छ र पाकिस्तानले यसको पनि रिभर्स इन्जिनियरिङ गरेर सुपरसोनिक मिसाइल विकास गर्न सक्ने विश्वास गरिएको छ । पछिल्लो समय तीन किसिमका मिसाइल विकसित गरिएका छन् । पहिलो सबसोनिक जो आवाजको गतिभन्दा कम गतिमा उड्छ । अर्को सुपरसोनिक जसको गति आवाजभन्दा ३ गुणा बढी हुन्छ र अर्को हाइपरसोनिकको गति आवाजभन्दा ५ गुणा बढी हुन्छ ।

पाकिस्तानसँग बाबर र राद नामका सबसोनिक मिसाइल छन् । ऊसँग सुपरसोनिक वा हाइपरसोनिक मिसाइल प्रविधि भने छैन । तर, भारतसँग ब्रह्मोस नामको सुपरसोनिक मिसाइल छ जुन रुसको सहयोगमा विकास गरिएको हो । अहिले भारतले ब्रह्मोस २ नामक हाइपरसोनिक मिसाइलमा पनि काम गरिरहेको छ । अब भने भारतको गल्तीका कारण पाकिस्तानले सुपरसोनिक मिसाइल पाएको छ जसको रिभर्स इन्जिनियरिङ गरेर उसले सुपरसोनिक मिसाइल प्रविधि विमास गर्न सक्छ ।

संयुक्त राष्ट्रसंघका लागि काम गरिरहेका परमाणु सुरक्षा विशेषज्ञ मोहम्मद खासलदका अनुसार पाकिस्तानका लागि यो मिसाइलको रिभर्स इन्जिनियरिङ सजिलो छैन तर यसको माध्यमबाट पाकिस्तानले निश्चय पनि भारतको प्रविधिको विश्लेषण गर्न सक्नेछ । उनी भन्छन् ‘हरेक मिसाइल कुनै न कुनै कमाण्ड र कन्ट्रोल सिस्टमसँग जोडिएको हुन्छ जसका लागि सफ्टवेयर रहार्डवेयर प्रयोग गरिन्छ । यसको नक्कल गर्न सक्भव नभए पनि यसको सफटवेयर र हार्डवेयरको प्रविधि भने पक्कै बुझ्न सकिन्छ ।’