क्रिप्टोकरेन्सीको प्रचार गरेको भन्दै प्रियंका कार्कीलाई सीआईबीले ग¥यो सोधपुछ

काठमाण्डु –     अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोधपुछका लागि बोलाएको छ।

सीआईबी स्रोतका अनुसार कार्कीले नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीको बारेमा सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको पाइएपछि उनलाई सोधपुछका लागि बोलाइएको हो।

अवैध रहेका यस्ता सामाग्री तथा गतिविधिको प्रसारप्रसार नगर्ने सर्तमा कागज गराएर कार्कीलाई छाड्न लागिएको स्रोतले जानकारी दियो।