जनतालाई निशुल्क शिक्षा, रोजगार ,र स्वास्थ्यका लागि आन्दोलन मात्र के ज्यान दिन तयार छु: क.प्रचण्ड

देश र जनतालाई निशुल्क शिक्षा,स्वास्थ्य र रोजगारीका लागि आन्दोलन मात्र हैन ज्यान दिन तयार छु:प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा लेखिएकोनिःशुल्क शिक्षा, स्वास्थ्य कार्यान्वयन र रोजगारी सृजना गर्नको लागि आन्दोलन गर्ने बताएका छन् । आन्दोलन नभइ पुराने सोच मानसिकता र मनोविज्ञान बदल्ने कुरा सम्भव नदेखिएको पनि उनलेबताए ।संविधानमा लेखिएको कुरा कार्यान्वयन नहुने अवस्थामा पुगको छ, शान्तिपूर्ण र जनदबाब नभइकन आन्दोलनको नेतृत्व आफुले गर्ने बताए ।

उनले एक अन्तर्वार्तामा सोधेको प्रश्नको जवाफ दिदै भने–गर्नु पर्ने धेरै छ भ्रष्टचार नियन्त्रण विकासलाई जनपक्षिय रुपमा अगाडि बढाउने शिक्षा स्वास्थ्य र रोजगारीमा सुधार गर्ने कुरा र शिक्षामा अझ बढि लगानि गर्नु पर्नेछ।हिमालयन टिभिको कार्यक्रम ‘यक्ष प्रश्न’मा पत्रकार राजेन्द्र बानियालाई ‘प्रचण्ड’ले दिएको अन्तर्वार्ताको अंश