प्रधानमन्त्री देउवा आज मोरङ जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाने कार्यक्रम छ।

सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन्।

सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङका अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।

उनले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको उपप्रमुख तामाङले जानकारी दिइन्।