प्रिन्सीपलले छात्रालाई गरे याैन दुर्व्यवहार, पक्राउ गर्न पुगेकी महिला प्रहरीकाे हत्या, १८ प्रहरी घाईते

मोरङको लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौ,’न दु’र्व्यवहारकाे घटनामा भएको झडपमा गं’भिर घा’ईते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारकोक्रममा नि’धन भएको छ ।

उनको घाँटीमा धा’रिलो ह,’तियार प्र’हार भएको थियो । उनको स्थानिय अस्पतालमा उपचारकाक्रममा मृ’त्यु भएको हो । यद्यपी यसको औपचारिक पुष्टि हुन भने बाँकी छ ।प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले कोशी अस्पतालमा राखिएकी प्रहरी जवान श्रेष्ठको मृ’त्युका बिषयमा अस्पताल प्रशासनले अझै पुष्टि नगरेको बताए ।

उनका अनुसार घटनामा एसपी जर्नादन जिसीसहित १८ जना प्रहरी घा’ईते भएका छन् । प्रहरी अधिकारीहरुका अनुसार आफैले अध्यापन गर्ने बिद्यालयका शिक्षक मनोज पौडेलले एकजना १४ वर्षीय बालिकाका यौ,’न दु’र्व्यवहार गरेको घटना बाहिर आएपछि बिद्यालय आइतबार बिहानदेखि तनावग्र’स्त बनेको थियो ।

उनलाई स्थानिय प्रहरीको सहयोगमा बिद्यालयमै ब’न्दी बनाएर राखिएको अवस्था थियो । जिल्ला प्रहरी कार्यालय मोरङले साँझ ती आ’रोपीलाई लिन र घटनाको अनुसन्धान थालेपछि अवस्था तनावग्र’स्त बनेको हो । यहीक्रममा साँझ डि’उटीमा रहेकी महिला प्रहरीमाथि आ,’क्रमण भएको थियो ।